मुख्य समाचार
आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने | पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द | प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव | नेपाली कांग्रेस रूपन्देही १ को क्षेत्रीय सभापतिमा बैजनाथ साहनीको उम्मेदवारी घोषणा | दुर्घटनामा एकको मृत्यु | बाजुरामा लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको अभिमुखीकरण सम्पन्न | पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध | सिद्धार्थ राजमार्गमा राति सवारी आवागमनमा रोक | प्युठानमा प्रहरी निरीक्षक गुप्ता ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित | अध्यक्ष दाहालद्वारा सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल |

भैरहवामा ७ औं लुम्बिनी महोत्सव सुरु, ‘जलपरी’ र ‘फिसटनेल’ मुख्य आकर्षण

Ujyalosandeshonline 12396+ समाचार ( )
३ मंगशिर २०८२, बुधवार

भैरहवा । उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा भैरहवाको अंचलपुरमा ‘७ औं लुम्बिनी महोत्सव’ आजदेखि सुरु भएको छ। स्थानीय बजार र स्वदेशी वस्तुको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मन्त्री सन्तोष पाण्डेय र सिद्धार्थनगरका मेयर इस्तियाक अहमद खाँले संयुक्त रूपमा गरे।

आगामी मंसिर २१ गतेसम्म चल्ने महोत्सवमा उद्योग, कृषि, पर्यटन तथा व्यापारका गरी कुल ३५० स्टलहरू राखिएका छन्। महोत्सवको मुख्य आकर्षणको रूपमा भियतनामबाट ल्याइएको ‘जलपरी’ र ‘फिसटनेल’ रहेको छ, जसलाई अवलोकन गर्न अतिरिक्त शुल्क लाग्ने छैन।

साथै, मंसिर १४, १५ र १६ गते कुस्ती प्रतियोगिता पनि सञ्चालन हुनेछ भने राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ। महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई १५० रुपैयाँ टिकट शुल्क तोकिएको छ। शारीरिक अशक्त र ७० वर्ष माथिकालाई ५० रुपैयाँ तथा ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार