मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

तेक्वान्दो च्याम्पीयनसीपमा स्वर्ण पदक जित्ने मोहम्मद रफीकलाई सम्मान

Ujyalosandeshonline 12612+ समाचार ( )
१२ कार्तिक २०८०, आइतबार

भैरहवा । बंगलादेशमा अक्टोबर १९ देखि २१ तारिखसम्म सम्पन्न ‘प्रथम बंगाबन्धु खुल्ला इन्टरनेशनल तेक्वान्दो च्याम्पीयनसीप–२०२३’ मा स्वर्ण पदकसहित उत्कृष्ट खेलाडीको उपाधि जित्न सफल २४ वर्षिय मोहम्मद रफीकलाई आइतबार भैरहवामा सम्मान गरिएको छ । सिद्धार्थनगर नगरपालिका–३ दरखसवा निवासी भैरहवा तेक्वान्दो क्लबका खेलाडी रफीकलाई दरखसवा युवा क्लबले सम्मान गरेको हो । उनी सशस्त्र प्रहरी बलमा कार्यरत छन् ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सी.के.)ले नेपालका खेलाडीले देशलाई विश्वमै चिनाउन सफल भएको बताए । उनले नेपाललाई विश्वमै चिनाउने काम गर्ने खेलाडीलाई लुम्बिनी प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयबाट सक्दो सहयोग गर्ने बताए । मन्त्री गुप्ताले भने, ‘प्रदेश सरकार खेलाडीको साथमा छ । मन्त्रीपरिषद गठन हुँदा क्रिकेट खेलाडीको सम्मानका लागि रकम छुट्याइएको थियो । ’ 

प्रदेश सरकारले खेलकुद क्षेत्रलाई बढी भन्दा बढी जोड दिएको उनको भनाइ छ । मन्त्री गुप्ताले नेपालका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेर सम्पूर्ण नेपालीको मन जित्न सफल भएको बताए । उनले खेलाडीलाई आवश्यक सुविधा उपलब्ध गराउन सके खेलाडीको मनोबल बढ्ने बताए ।

त्यस्तै संविधानसभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले दरखसवाले राम्रो खेलाडी जन्माएको बताए । उनले खेलाडी मोहम्मद रफीकसहित नेपाली खेलाडीहरुको उत्कृष्ट प्रदर्शनका कारण नेपाललाई विश्वले चिनेको बताए । नगरप्रमुख खानले मानिसको शारीरिक, मानसिक विकासका लागि खेलकुद आवश्यक रहेकोमा जोड दिए । उनले भने, ‘खेलकुद यस्तो क्षेत्र हो जसले देशलाई विश्वमै चिनाउँछ । ’

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले भैरहवा खेलाडी उत्पादन गर्ने ठाउँ भएको बताइन् । उनले सिद्धार्थनगर नगरपालिकाको टीम खेलमैत्री भएको बताइन् । सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे. क्वा, रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) दीपक थापा, बधाई, शुभकामना तथा सम्मान कार्यक्रम संयोजक मनोज प्रजापति (महाकाल), भैरहवा तेक्वान्दो क्लबका सचिव प्रकाशमान राजभण्डारी, दरखसवा युवा क्लबका अध्यक्ष मनिष गुप्तालगायतले बोल्दै खेलाडीलाई अघि बढाउन सहयोग गर्नुपर्नेमा जोड दिए ।

दरखसवा युवा क्लबका अध्यक्ष मनिष गुप्ताको अध्यक्षता, लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सी.के.) को प्रमुख आतिथ्यता तथा विशाल श्रीवास्तवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

संदीप त्रिपाठी १९ कार्तिक २०८०, आइतबार

नेपाल सरकार को सहकारी नियमावली अनुसार ढूवानी र खर्च संचालन का लागी 1 रुपैया प्रति किलो निर्णय गरेको छ 100 रुपैया बोरा मा सबै खर्च कटायर 40 रुपैया सम्म नाफा देखिँछ

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार