मुख्य समाचार
सिरुवारी पहिरो | सशस्त्र प्रहरी गुल्म डण्डाको सक्रियता: तीन महिनामा पौने तीन करोडको अवैध सामान बरामद | संरक्षणको पर्खाइमा हतुवागढीको ऐतिहासिक ‘फलाम ढुङ्गा’ | भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान | रोल्पामा पहिरोले घर/गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते : थप विवरण आउन बाँकी | बाजुराको सदरमुकाम मार्तडीमा आयोजित र्‍याली | बाल सुधारगृहको विस्तृत अवस्था प्रतिवेदन पेस गर्न निर्देशन | युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छः सभापति लामिछाने | ‘निर्वाचन प्रहरीको पोसाक खरिद पारदर्शी छ’ | चेसिस नम्बर टेम्पर गरिएका टिप्पर र ट्रयाक्टर नियन्त्रणमा, कारबाहीका लागि यातायात बुझाइयो |

रोल्पामा पहिरोले घर/गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते : थप विवरण आउन बाँकी

रासस 610+ समाचार ( )
२८ श्रावण २०८३, बिहीबार

लिलाराज बुढा/रासस

रोल्पा । अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका–५ बोटलबारामा घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा थबाङ –५ बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६०वर्षीय   कमलबहादुर पुन मगर छन् भने घाइते हुनेमा सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर  छन् ।  

कार्यालयले दिएको जानकारी अनुसार यही साउन २७ गते दिउँसोदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा घर सहित  गोठ पुरिएरका थिए ।  गए राति घटनास्थलमा प्रहरी टोली पुगेको थिए ।  प्रहरी र स्थानीयवासीको सहयोगमा घाइते उद्धार गरी उपचारार्थ स्वास्थ्य सस्थामा पठाइएको र दुवैको अवस्था गम्भीर रहेको जनाइएको छ । घटनाको थप विवरण आउन वाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीको  प्रारम्भिक अनुमान अनुसार पहिराबाट छ  घर /गोठ क्षति पुगेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार