मुख्य समाचार
पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ |

युनिभर्सल मेडिकल कलेजमा लेजर प्रविधिबाट प्रोक्टोलोजी शल्यक्रिया सेवा सुरु

Ujyalosandeshonline 12453+ समाचार ( )
२७ कार्तिक २०८२, बिहीबार

भैरहवा । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (युसीएमएस) ले प्रोक्टोलोजी (पाइल्स, फिस्टुला आदि) क्षेत्रमा अत्याधुनिक लेजर प्रविधिबाट शल्यक्रिया सेवा सुरु गरेको छ । देवदह नगरपालिका–१२ का २१ वर्षीय प्रविण हरिजनको यस प्रविधिबाट सफल शल्यक्रिया गरिएको छ र उनी डिस्चार्ज भइसकेका छन्।

अस्पतालका शल्यक्रिया विभागका एसोसिएट प्रोफेसर डा. सन्तोष मिश्र, डा. सन्देश खड्का, डा. समी कुमार शाह, एनेस्थेसिया विभागका प्रमुख प्रा.डा. लक्ष्मी पाठक, डा. विजय यादव लगायतको टोलीले यो शल्यक्रिया गरेको थियो।

डा. मिश्रका अनुसार लेजर शल्यक्रिया परम्परागत शल्यक्रियाभन्दा धेरै फाइदाजनक छ। यसमा रक्तस्राव कम हुने, संक्रमणको जोखिम न्यून हुने, अस्पताल बसाई अवधि छोटो हुने, सफलता दर उच्च रहने र बिरामी चाँडै सामान्य जीवनशैलीमा फर्किन सक्ने जस्ता फाइदाहरू छन् । यो सेवा सुरु भएपश्चात् रुपन्देही र आसपासका जिल्लाका बिरामीहरूले आधुनिक, सुरक्षित र प्रभावकारी शल्यक्रिया उपचार प्राप्त गर्न थप सहज हुने अस्पतालका सूचना अधिकारी सुशील गुरुङ्गले बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार