मुख्य समाचार
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ |

प्याब्सनले सार्वजनिक गर्यो १३ बुँदे कार्ययोजना

Ujyalosandeshonline 12206+ समाचार ( )
१७ चैत्र २०८१, सोमबार

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रीय कार्यसमितिले १६ औं राष्ट्रिय महाधिवेशनले निर्दिष्ट गरेका कार्ययोजनाहरू सार्वजनिक गरेको छ । 

सोमबार चैत्र २६ र २७ गते सम्पन्न १६ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले आगामी तीन वर्षसम्म गर्ने कार्ययोजनाहरु सार्वजनिक गरिएको हो । उक्त केन्द्रीय कार्यसमितिको नीति तथा कार्यक्रमहरू : 

१ गुणस्तरीय एवम प्रतिस्पर्धी शिक्षा निजी विद्यालयहरूले प्रदान गर्दै आएको शैक्षिक गुणस्तरलाई अझै समय सापेक्ष राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रतिस्पधी बनाउन निरन्तर क्रियाशील रहने जसका लागि आवश्यकताअनुसार नै तहका मरकारसंग सहकार्य गर्ने,

२.विद्यालय शिक्षालाई सबै नेपालीहरूको पहचभित्र रहेन ऑवश्यक प्रवद्र्धनात्मक क्रियाकलापहरू गर्दै यसको स्तर अभिवृद्धिका लागि नवप्रवर्तनलाई जोड दिने,

३.निजी विद्यालयको लगानी सुनिश्चितताको सवालमा हाल संसदमा छलफलमा रहेको शिक्षा विधेयकमा निजी विद्यालयहरूलाई कम्पनी मै रहने व्यवस्था कायम राख्न आवश्यक सम्पूर्ण प्रयास गर्दै थप लगानीमैत्री वातावरणको सृजना गर्ने, 

४.निजी विद्यालयमा कार्यरत शिक्षक–शिक्षिका तथा कर्मचारीहरूको सेवा सुविधाका सवालमा जिम्मेवार बन्दै सरकारद्वारा सन्चालित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउदै लैजाने, 

५.पछिल्लो समयमा देखिदै गएको पठन–पाठन संस्कृती प्रतिकी ¥हासप्रति संवेदनशिल बन्दै पढ्ने संस्कृतितर्फ उन्मुख गराउनका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्ने,

६.बाल शिक्षामैत्री विद्यालय निर्माणको लागि आवश्यक वातावरण बनाउने,

७.सम्पूर्ण शिक्षक कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम तथा गोष्ठीको व्यवस्था गर्ने,

८. प्याब्सन्ले आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनलाई परिमार्जित गर्दै निरन्तरता दिइनेछ,

९.उच्च शिक्षाको लागि विदेश पलायन हुने बर्तमान रफ्तारलाई कम गर्न सम्बन्धित सरकारी तथा निजी निकायहरूसंग आवश्यक सहकार्य गरी कमाउदै पढ्दै गर्ने नीतिलाई सहयोग पाउने, 

१०. यस संगठनप्रतिको आम विश्वास र सद्भावलाई कायम राख्दै सांगठनिक एक्यबद्धता र आवश्यकतालाई अझै मजबुद गर्दै लगिने,

११. विभिन्न छात्रवृत्ति कार्यक्रमहरूमा देखा परेका समस्याहरूप्रति गम्भिर हुदै उक्त छात्रवृत्ति कार्यक्रमलाई लक्षित वर्ग र व्यक्तिसम्म पाउनका लागि पहल गर्ने,

१२.४२ प्रतिशत आरक्षित छात्रवृत्तिको विषयमा मिति २०८० चैत्र १४ गतेको सम्मानित सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि सम्बन्धित निकायहरूसँग समन्वय गर्ने,

१३. प्याब्सन विद्यालयहरुको गुणस्तर सुनिश्तिताको मापदण्ड बनाई गुणस्तर प्रदान गर्ने कार्यक्रमलाई अवलम्बन गर्ने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार