मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

संविधानले दिएको अधिकारलाई अझै उपयोग गर्न सकिरहेका छैनौं : गृहमन्त्री लेखी

Ujyalosandeshonline 12614+ समाचार ( )
१० चैत्र २०८१, सोमबार

जनकपुर । मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले अझैसम्म संविधानले दिएको अधिकारलाई उपयोग गर्न नसकिएको बताएका छन् । सोमबार मिडिया काउन्सिलद्वारा जनकपुरधाममा आयोजित पत्रकार आचारसंहिता पालना सम्बन्धी गोष्ठिमा गृहमन्त्री लेखीले तीन तहको सरकार बनेपनि संविधानमा उल्लेखित अधिकारहरुको आभाव हुन नसकेको गुनासो गरेका छन् ।

उनले संविधानमा स्वेत प्रदेश, स्वेत क्षेत्र, स्वेत इलाका बाउने उल्लेख भएतापनि अहिलेसम्म बन्न नसकेको प्रति चिन्ता व्यक्त गरे । यसप्रति न कुनै राजनीतिकर्मी न कुनै राजनीतिक दल र न कुनै सञ्चारकर्मीले ध्यान दिएको उनले बताए ।

स्वेत संरचना निर्माण भएमा बढि भन्दा बढि अधिकार प्राप्त हुने र ती अधिकारको उपयोग गरी सहज ढंगले विकासका कार्यहरु अगाडि बढ्नसक्ने उनले जानकारी दिए । यो संरचनाबाट सबैभन्दा बढी लाभ दलित र उत्पीडनमा परेका समूदायहरुले लिन सक्ने गृहमन्त्री लेखीले बताए ।

संविधानका विषय वस्तुमा राजनीतिक दल र सञ्चारकर्मीहरुले ध्यान दिनुपर्ने गृहमन्त्री लेखीले सुझाव दिए । कार्यक्रममा सञ्चारकर्मीहरुले आ–आफ्ना गुनासो राख्नुका साथै समाचार संकलनको क्रममा भोग्नु परेको पिडाहरु सुनाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार