मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

संविधानले दिएको अधिकारलाई अझै उपयोग गर्न सकिरहेका छैनौं : गृहमन्त्री लेखी

Ujyalosandeshonline 11540+ समाचार ( )
१० चैत्र २०८१, सोमबार

जनकपुर । मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले अझैसम्म संविधानले दिएको अधिकारलाई उपयोग गर्न नसकिएको बताएका छन् । सोमबार मिडिया काउन्सिलद्वारा जनकपुरधाममा आयोजित पत्रकार आचारसंहिता पालना सम्बन्धी गोष्ठिमा गृहमन्त्री लेखीले तीन तहको सरकार बनेपनि संविधानमा उल्लेखित अधिकारहरुको आभाव हुन नसकेको गुनासो गरेका छन् ।

उनले संविधानमा स्वेत प्रदेश, स्वेत क्षेत्र, स्वेत इलाका बाउने उल्लेख भएतापनि अहिलेसम्म बन्न नसकेको प्रति चिन्ता व्यक्त गरे । यसप्रति न कुनै राजनीतिकर्मी न कुनै राजनीतिक दल र न कुनै सञ्चारकर्मीले ध्यान दिएको उनले बताए ।

स्वेत संरचना निर्माण भएमा बढि भन्दा बढि अधिकार प्राप्त हुने र ती अधिकारको उपयोग गरी सहज ढंगले विकासका कार्यहरु अगाडि बढ्नसक्ने उनले जानकारी दिए । यो संरचनाबाट सबैभन्दा बढी लाभ दलित र उत्पीडनमा परेका समूदायहरुले लिन सक्ने गृहमन्त्री लेखीले बताए ।

संविधानका विषय वस्तुमा राजनीतिक दल र सञ्चारकर्मीहरुले ध्यान दिनुपर्ने गृहमन्त्री लेखीले सुझाव दिए । कार्यक्रममा सञ्चारकर्मीहरुले आ–आफ्ना गुनासो राख्नुका साथै समाचार संकलनको क्रममा भोग्नु परेको पिडाहरु सुनाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार