मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

स्थानीय सेवा ऐन संशोधनका लागि सुझाव समितिले बुझायो प्रतिवेदन

Ujyalosandeshonline 11768+ समाचार ( )
२१ फाल्गुन २०८१, बुधवार

जनकपुर । मधेश प्रदेश सरकारले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित सुझाव समितिले मुख्यमन्त्री सतिश कुमार सिंहलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

मधेश भवनस्थित मुख्यमन्त्री निवासमा समितिका संयोजक तथा मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संयोजक मन्त्री लेखीले समितिले ऐनसँग सरोकार राख्ने विभिन्न कर्मचारी संघ–संगठन, लोकसेवा आयोग तथा प्रदेशसभाका सदस्यहरूसँग छलफल गरी संकलित सुझावहरू प्रतिवेदनमा समेटिएको जानकारी दिए । 

उनले प्रतिवेदनमा समेटिएका सिफारिसहरूलाई मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकमा छलफल गरि आवश्यक संशोधनसहितको प्रस्ताव प्रदेश सभामा प्रस्तुत गरिने जानकारी दिए । यसअघि, मधेश प्रदेश मन्त्रिपरिषद्ले २०८१ साल पुष २० गते बसेको बैठकमा गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीको संयोजकत्वमा चार सदस्यीय सुझाव समिति गठन गर्ने निर्णय गरेको थियो । 

समितिमा शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी, वन तथा वातावरण मन्त्री त्रिभुवन साह, तथा ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्री शेषनारायण यादव सदस्य रहेका थिए । समितिले पेश गरेको प्रतिवेदनका आधारमा प्रदेश सरकारले ऐन संशोधन प्रक्रिया अघि बढ्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार