मुख्य समाचार
पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ |

सुर्ती, खैनी तथा गुट्का उद्योगको विवरण माग

Ujyalosandeshonline 12453+ समाचार ( )
२९ फाल्गुन २०८०, मङ्गलबार

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति  अब्दुल खानले सुर्ती, खैनी तथा गुट्का उद्योगको विवरण समितिलाई उपलब्ध गराउने निर्णय भएको बताएका छन् । 

मंगलबार समितिमा भएको बैठकमा उनले नेपालमा सञ्चालित सुर्ती, खैनी तथा गुट्का उद्योगको विवरण, उत्पादनको अवस्था र वार्षिक रुपमा हुने आयातको विवरण समितिलाई उपलब्ध गराउने भनेर निर्णय गरेर जानकारी दिएका हुन् । 

उनले भने, ‘आजको बैठकमा सुर्ती, खैनी तथा गुट्का उद्योगको पुँजी तथा क्षमता वृद्धिको स्वीकृति सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल भयो । थप विवरण उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय विवरण विभागबाट लिनुपर्ने भएको हुँदा विभिन्न किसिमका नेपालमा नै सञ्चालित सुर्ती, खैनी तथा गुट्खा उद्योगको विवरण लिने, सुर्ती, खैनी तथा गुट्का उत्पादनको अवस्थाबारे विवरण उपलब्ध गराउने, वार्षिक रुपमा हुने आयातको विवरण समेत समितिलाई उपलब्ध गराउने भनेर एउटा सानो निर्णय गरेर पठाउने भन्ने छ ।’

उक्त बैठकमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय सचिव मुकुन्दप्रसाद निरौलाले लाइसेन्स होल्ड गरेर आफू अनुकुल कारखाना स्थापना गर्ने प्रवृत्ति धेरै रहेको भन्दै यसको लागि निर्देशन जान आवश्यक भएको बताए ।

उनले भने, ‘आफू अनुकुल कारखाना स्थापना गर्छन्, यसको लागि पनि निर्देशन जानु आवश्यक देख्छु । कस्तो छ भने लाइसेन्स लिएर होल्ड गरेर बस्ने, यसको लागि पनि निर्देशन आवश्यक छ ।’

यस्तै, उनले संघ, प्रदेश, स्थानीय तहमा उद्योग दर्ता गर्ने सन्दर्भमा विषयमा छलफल भइरहेको पनि उनको भनाई छ । बैठकमा सुर्ती, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमता वृद्धिको स्वीकृति सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार