मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

डीसीएलमा घोराही टाइगर्स विजयी

Ujyalosandeshonline 12321+ समाचार ( )
१५ फाल्गुन २०८०, मङ्गलबार

काठमाडौं । नेपाल टेलिकम दाङ क्रिकेट लिग डीसीएलमा घोराही टाइगर्स विजयी भएको छ । गुलरिया क्रिकेट मैदानमा मङ्गलवार भएको खेलमा घोराहीले पुरनधारा च्यालेन्जर्सलाई २ विकेटले पराजित गरेको हो । पुरनधाराले दिएको ११८ रनको लक्ष्य २ बल बाँकी हुँदा ८ विकेट गुमाएर घोराहीले पूरा गरेको थियो ।

लक्ष्य पछ्याउने क्रममा घोराहीको लागि अर्जुन घर्तीले सर्वाधिक ४१ रन योगदान दिए । उनले ३३ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । यस्तै दीपेश कँडेलले १९, दिल्शाद अलिले १५, दिलीप नाथले १० तथा युनिश विक्रम सिंहले ९ रनको योगदान दिए । ५२ रनमा ४ विकेट गुमाएको अवस्थामा दीपेश कँडेल र अर्जुन घर्तीले ४२ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए ।

पुरनधाराको बलिङमा कृष्ण कार्की, दीपेन्द्र रावत र सुजल ओलीले २÷२ विकेट लिएता पनि जितको लागि पर्याप्त हुन सकेन । यस अघि टस हारेर ब्याटिङ गरेको पुरनधाराले २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनायो ।

पुरनधाराको लागि राजु रिजालले अर्धशतकीय योगदान दिए । रिजालले ४४ बलमा ५ चौका र १ छक्का प्रहार गरे । रित गौतमले १६, दीपेन्द्र रावतले १५ तथा प्रनित थापाले १० रन बनाए ।

घोराही टाइगर्सको बलिङमा दीपेश कँडेलले सर्वाधिक ३ विकेट लिए । खेलको प्लेयर अफ द म्याच समेत घोषित यु–१९ राष्ट्रिय टिमका सदस्य समेत रहेका दीपेश कँडेलले ४ ओभरमा १२ रन मात्र खर्चिए । मिलन बुढाथोकीले २ तथा युनिश विक्रम सिंह र अर्जुन घर्तीले १÷१ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत तेस्रो दिन बुधवार पनि दुई खेल हुनेछन् । पहिलो खेल बिहान साढे ९ बजे तुलसीपुर रोयल्स र पुरनधारा च्यालेन्जर्स बीच तथा दोस्रो खेल दिउँसो साढे १ बजे घोराही टाइगर्स र देउखुरी वारियर्स बीच हुनेछ ।

प्रतियोगितामा पाँच फ्रेन्चाईज टोली सहभागी छन् जसमा सुशान्त सिंह थापा कप्तान रहेको घोराही टाइगर्स, विशाल विक्रम केसी कप्तान रहेको देउखुरी वारियर्स, मोहन खत्री कप्तान रहेको पुरन्धारा च्यालेन्जर्स, दिवान पुन कप्तान रहेको तुलसीपुर रोयल्स तथा विपिन खत्री कप्तान रहेको दंगाली लायन्स रहेका छन् । राउन्ड रोबिन फर्म्याटमा भइरहेको प्रतियोगिता फागुन १९ गते सम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार