मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

दुर्गा संस्कृत विद्यापीठमा अष्टोत्तरशत श्रीमद्भागवत विरात ज्ञान महायज्ञ हुँदै

Ujyalosandeshonline 12334+ समाचार ( )
२२ मंगशिर २०८०, शुक्रबार

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ स्थित दुर्गानगरमा श्री दुर्गा संस्कृत वेद वेदाङ्ग विद्यापीठमा पितृमुक्ति तथा विश्व शान्ति अष्टोत्तरशत श्रीमद्भागवत विराट ज्ञान महायज्ञ हुने भएको छ । २७ औं परमानन्द गुरु स्मृति भण्डाराको अवसरमा विद्यापीठको आर्थिक, भौतिक, शैक्षिक गुणस्तर अभिवृद्धि तथा अक्षयकोष स्थापनार्थ महायज्ञ हुन लागेको विद्यापीठले जनाएको छ ।

आगामी फागुन १२ देखि २० गतेसम्म सञ्चालन हुने विराट ज्ञान महायज्ञमा १०८ ब्राहमणहरुद्वारा एकैसाथ पाठपारायण एवं विशिष्ट विद्वानहरुबाट व्याख्यान तथा उद्बोधनसहित पितृमुक्ति कार्य पनि गरिने विद्यापीठका प्रधानाध्यापक आचार्य नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

प्रधानाध्यापक भट्टराईले १ सय बढी बटुकहरुको निःशुल्क भरणपोषणका साथै आवासीय सुविधा दिदै आएको विद्यालयको स्तरोन्नतिको साथसाथै आर्थिक, भौतिक तथा शैक्षिक गुणस्तर अभिवृद्धिका साथै अक्षयकोष स्थापनाका लागि महायज्ञ गर्न लागिएको जानकारी दिए । यज्ञ नै संसारको श्रेष्ठतम कार्य भएको उल्लेख गर्दै प्रधानाध्यापक भट्टराईले महायज्ञमा सहभागी भएर विद्यापीठलाई सहयोग गर्न आग्रह गरे ।

कक्षा ६ देखि ११ सम्म पढाइ हुँदै आएको विद्यापीठबाट बटुकका साथै ज्योतिषहरु उत्पादन गर्न तथा विद्यापीठको शैक्षिक तथा भौतिक पूर्वाधारमा सहयोग पुगोस् भन्ने उद्देश्यले महायज्ञ गर्न लागिएको विद्यापीठका अध्यक्ष गणपति चन्द्रमणि पौडेलले जानकारी दिए । उनले महायज्ञमा पृतिमुक्ति कार्य समेतसँगै हुने भएकाले कम आर्थिक स्रोत भएका तथा विभिन्न यज्ञ तथा कार्य गर्न चाहने व्यक्तिहरुले कर्ता बनेर यज्ञमा बस्न सक्ने जानकारी दिए ।

विद्यापीठकका अनुसार फागुन १२ गते बिहान कलश यात्रा भइ सुरु हुने महायज्ञमा कथा प्रवचन, गुरु भण्डारा, पुर्णाहुति, दैनिक विशिष्ट व्याख्यान, पुजन, पाठपारायण, भजन सन्ध्या, झाँकी तथा नाटकसहित फागुन २० गते सकिनेछ ।  विद्यापीठमा हाल १ सय एक जनाले अध्ययन गर्दै आएका छन् ।

विद्यापीठका सल्लाहकार श्यामलाल खरेल, ज्ञान बहादुर हमाल, अर्चित श्रेष्ठले महायज्ञलाई सफल पार्नका लागि सक्दो सहयोग गर्न अपील गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार