मुख्य समाचार
सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री | सरकार–लघुवित्त पीडितबीच पाँच बुँदे सहमति | बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह | वृद्धआश्रममा खाद्यान्न र फलफूल वितरण गरी राष्ट्रिय वैश्य महासंघको स्थापना दिवस मनाइयो | देशमा सद्भावको कामना गर्दै लुम्बिनीमा विशेष प्रार्थना | रास्वपा सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल | भैरहवाबाट नक्कली भारतीय नोटसहित दुई जना पक्राउ | नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु | ग्यास लिन लामबद्ध नागरिक | धनुषाको मन्दिर परिसरमा भेटिएको शव पुजारीको नभएको पुष्टि |

दुःखद घटनामा सरकारको साथ: करेन्ट लागेर मृत्यु भएका खंग दम्पतीको परिवारलाई बीमा मार्फत सहयोग

Ujyalosandeshonline 11864+ समाचार ( )
१६ श्रावण २०८२, बिहीबार

सप्तरी । सप्तरीको रूपनी गाउँपालिका– २ का  बालेश्वर खंग र उनकी  श्रीमती रामकुमारी खंगको करेन्ट लागेर मृत्यु भएपछि मधेश प्रदेश सरकारले गरेको नागरिक वीमा पीडित परिवारले  पाउने गरि पहल सुरु भएको छ । खंग दम्पतिको मृत्युपछि परिवारमा समवेदना व्यक्त गर्न मधेश प्रदेश सरकारको उच्चस्तरीय टोली आज घटनास्थल सप्तरीको रूपनी २ पौंवा टोल पुगेर विमा सुविधाको लागि पहल सुरु भएको जानकारी दिएको हो ।

गत शुक्रवार साँझ सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा बालेश्वर खंगको मृत्यु भएको थियो भने उनलाई बचाउन गएकी उनकी श्रीमती रामकुमारी खंगको समेत करेन्ट लागेर ज्यान गएको थियो। दैनिक मजदूरीमा जीवन निर्वाह गर्दै आएका खंग दम्पति पछाडि आश्रित परिवार छोडेर गएपछि शोकाकुल बनेको परिवारलाई सान्त्वना दिदै प्रदेश सरकारले वीमाको पहल सुरु गरेको हो।

खेलकुद तथा समाजकल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित कुमार यादव, मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश कुमार झा, मन्त्रालयका उपसचिव धर्मेन्द्र लाल कर्ण र बीमा कम्पनीका प्रतिनिधि समेतको टोली आज दिउँसो रूपनी गाउँपालिका–२ स्थित खंग परिवारको घर पुगेको थियो। टोलीले पीडित परिवारसँग भेट गरी घटनाको जानकारी लिएको थियो भने मृतक दम्पतिप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति गहिरो समवेदना प्रकट गरेको थियो।

टोलीले खंग परिवारलाई मधेश प्रदेश सरकारले यो वर्ष साउन १ गतेदेखि लागू गरेको नागरिक बीमा कार्यक्रम अन्तर्गत बीमा सुविधा प्राप्त गर्न सकिने जानकारी गराउँदै आवश्यक कागजात संकलन सुरु गरेको जनाएको छ। साथै, प्रक्रिया सहज बनाउन स्थानीय तह र सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको टोलीले स्पष्ट पारेको छ। टोलीका अनुसार प्रदेश सरकार नागरिकको सुख–दुःखमा साथ रहने संकल्पमा प्रतिबद्ध रहेको र यस्ता विपद्को बेलामा सरकार स्वयं पीडितको दैलोसम्म पुगेर राहत, सहारा र साथ दिन तत्पर रहने बताइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार