मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

बाँसबारीको १० रोपनी जग्गा चौधरी ग्रूपको रहेन

Ujyalosandeshonline 12611+ समाचार ( )
९ चैत्र २०८०, शुक्रबार

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको नाममा रहेको १० रोपनी जग्गा सरकारको नाममा ल्याइएको छ । गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को सहयोगमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधीकारी र भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले उक्त जग्गा सरकारको रहेको ठहर्याएको भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छबि नेपालीले जानकारी दिए । 

आज शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनमा प्रमुख नेपालीले छालाजुत्ता कारखानाको जग्गा मालपोत ऐन, २०३४ को दफा २४ मा भएको व्यवस्थाअनुसार सरकारको नाममा ल्याएको जानकारी दिए । 

उनले भने, ‘नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)को सहयोगमा मालपोत कार्यालय र भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारको सहयोगमा टुंगो लगाएका छौं । हामीले उक्त जग्गा मालपोत ऐन, २०३४ को दफा २४ मा भएको व्यवस्थाअनुसार हामीले उक्त जग्गाहरु सरकारको नाममा रहेको ठहर्याइ सरकारको नाममा ल्याएका छौं । यस काममा मन्त्री र मन्त्रालयका सचिवहरुको साथ रह्यो ।’ 

कारखानाको नाममा रहेको १० रोपनी जग्गा चौधरी समूहले नियमविपरीत गएर निजी बनाएको सरकारको भनाई छ । २०२२ सालमा चीन सरकारको सहयोगमा बनेको छालाजुत्ता कारखाना घाटामा गएको भन्दै तत्कालीन सरकारले २०५० सालमा निजीकरण गरेको हो । यो कारखाना भएको जग्गा चौधरी दम्पतिको नाममा रहेको अनुसन्धानबाट खुलेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार