मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

सामाजिक सद्भाव र भाइचारा कायम राख्न पूर्वराजा ज्ञानेन्द्रको आग्रह

Ujyalosandeshonline 12320+ समाचार ( )
१४ श्रावण २०८३, बिहीबार

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवले नेपाली समाजमा धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव कायम राख्न सबैसँग आग्रह गर्नुभएको छ। बिहीबार एक सन्देश जारी गर्दै उहाँले नेपाल निर्माणको प्रारम्भदेखि नै नेपालीहरू आपसी मेलमिलाप, सद्भाव र भाइचाराका साथ बस्दै आएकाले बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक नेपाली समाजको यही विशेषताले विश्वमा नेपालको पहिचान र सम्मान स्थापित भएको उल्लेख गर्नुभएको छ।

हरेक समुदायले आफ्नो धर्म, संस्कृति, परम्परा र आस्थालाई सम्मान गर्दै आएको परम्परालाई जोगाइराख्नुपर्नेमा जोड दिँदै पूर्वराजा ज्ञानेन्द्रले नेपालको मौलिक पहिचान र गौरवमा कसैले पनि खलल पुर्‍याउन नहुने बताउनुभएको छ। केही दिनअघि सुनसरीका केही गाउँबस्तीमा भएको आपसी विवादका कारण जनधनको क्षति भएको र त्यसको प्रभाव कोशी प्रदेश तथा तराईका विभिन्न क्षेत्रमा फैलिँदा जनजीवन प्रभावित भएको घटनाप्रति उहाँले दुःख व्यक्त गर्नुभएको छ।

नेपाल सामाजिक सद्भाव र सामञ्जस्यका लागि परिचित मुलुक भएको उल्लेख गर्दै उहाँले यस्ता अवाञ्छित घटना र द्वन्द्व मुलुकको मौलिक मूल्य र मान्यताविपरीत भएको बताउनुभएको छ। सन्देशमा उहाँले देशका जुनसुकै भूभागमा बसोबास गर्ने सबै नेपालीलाई एकता, सहिष्णुता र आपसी सद्भाव कायम राख्दै मिलेर अघि बढ्न आह्वान गर्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार