मुख्य समाचार
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त |

देशकै ठूलो साइकल जात्रा ‘कोरा २०२४’ शनिवार हुँने

Ujyalosandeshonline 12457+ समाचार ( )
२ श्रावण २०८१, बुधवार

काठमाडौं । साइकल प्रवर्धनको लागि देशकै ठूलो साइकल जात्रा ‘कोरा २०२४’ आयोजना हुने भएको छ । शनिवार साउन ५ गतेदेखि साइकल जात्रा “कोरा २०२४” को १४ औं संस्करण आयोजना हुन लागेको हो । 

आयोजकका अनुसार उक्त साइकल जात्रामा करिब ४ हजार साइकल यात्रीले नेपालको १५ भन्दा बढी स्थानमा दुइ लाख किलोमिटर भन्दा बढी दुरी तय गर्ने छन् । सन् २०११ मा ३५ जना बाट शुरु भएको काठमाडौँको कोरा साइकल यात्रा हरेक वर्ष पाटनको मंगलबजारबाट शुरु भई काठमाडौँ उपत्यकाको एक फन्को लगाएर पाटन कै नागबाहालमा अन्त्य हुने गर्छ । 

साइकल यात्रीहरुले यस क्रममा आफ्नो इच्छा अनुसार ५० किलोमिटर, ७५ किलोमिटर, १०० किलोमिटर वा १४० किलोमिटरको यात्रा तय गर्ने छन् । हरेक वर्ष जुलाई महिनाको तेस्रो शनिवार आयोजना हुने कोरामा ललितपुर महानगरपालिका पनि सह आयोजकको रुपमा सहभागी भएको छ ।

सोही क्रममा ललितपुर महानगरपालिकाको प्रमुख चिरिबाबु महर्जनले ललितपुर स्मार्ट सिटि बनाउनको लागि ‘कोरा’ जस्ता स्थानीय प्रयासहरुसँगको सहकार्यले सहयोग गर्ने बताएका छन् । 

उनले भने, ‘ललितपुर स्मार्ट सिटि बन्न चाहन्छ र यसको लागि नगरवासीहरुले साइकल चढ्न सक्ने वातावरण बनाइ साइकल संस्कृतिको विकास गर्न आवश्यक छ । हामीले ललितपुरमा साइकल प्रवद्र्धन गर्न साइकल लेन र साइकल स्टेन्ड बनाउने, र महिला साइकल यात्रीहरुलाई सहयोग गर्ने काम गरिरहेका छौं र ‘कोरा’ जस्ता स्थानीय प्रयासहरुसँगको सहकार्यले यस अभियानलाई थप टेवा दिने छ ।’

हरेक वर्ष जस्तै, यो वर्ष पनि साइकल यात्रीहरुले समाजिक कामको लागि रकम पनि संकलन गर्ने छन् र संकलन गरिने रकम ललितपुरको गुन्सिङ्गालमा रहेको साइकल पम्प ट्रयाक जस्तै नेपालगंजमा रहेको पम्प ट्रयाक सुधार गर्न प्रयोग गरिने छ ।

साइकल संस्कृतिको विकास गर्न महिला, बालबालिका लगायत समाजका सबै वर्गलाई समेत समावेश गर्न आवश्यक भएकोले कोराले महिला सहभागिता बढाउन विशेष प्रयास गर्दै आइरहेको छ, जसको कारण गएको वर्ष काठमाडौँ कोरामा महिला यात्रीहरुको संख्या ३४ % पुगेको थियो । 

यसै सम्बन्धमा ललितपुरका विभिन्न भागमा महिलाहरुलाई साइकल चढ्ने, साइकलको मर्मत सम्भार गर्ने र प्राथमिक उपचारको तालिम दिने काम पनि भैरहेको छ र यसमा स्थानीय महिला समुहहरु र स्वच्छ हावा आयोजनाको समेत सहभागिता रहेको छ ।

कोरा आयोजनाको मूल उद्देश्य देश भरि ने साइकलिस्ट समुदायहरु विकास गरि साइकल संस्कृतिको प्रवर्धन गर्नु हो । यसमा सोसल टुर्स, साइकल सिटि नेटवर्क नेपाल, पाङ्ग्रो, ललितपुर महानगरपालिका, स्वच्छ हावा, अष्ट्रेलियन राजदुतावास, नबिल बैंक, टर्किस एअरलाइन्स, हिमालयन एभेरेस्ट इन्स्युरेन्स लगायत विभिन्न संघ संस्थाले सहकार्य गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार