मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

प्याब्सन मध्य क्षेत्रीय बास्केटबल शुक्रबारदेखि

Ujyalosandeshonline 12463+ समाचार ( )
३ पौष २०८०, मङ्गलबार

काठमाडौं । प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंको आयोजनामा १२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा समितिमा आबद्ध विभिन्न १८ विद्यालयका ५० टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष दिनेशकुमार पाण्डेले जानकारी दिए । 

सिनियर ब्वाइज र गल्र्समा समान १६–१६ तथा जुनियर ब्वाइजमा १८ गरी जम्मा ५० टिमले भाग लिने उनले बताए । 

सहभागी टिमहरुमा चैतण्य, स्पाङगल, इनोभेटिभ, सूर्योदय, स्वाप्न वाटिका, श्रृजनशील, लिटिल फ्लावर, लिभरपुल, एसियन पब्लिक, हेम्स, सनसाइन, अल्बर्ट, काठमाडौं इङलिस स्कुल, काठमाडौं जेभियर्स पब्लिक, भद्रघले, अक्षर एकेडेमी, एआईए र डेनेब फ्लोरिडा रहेका छन् । खेल लिग कम नकआउट आधारमा खेलाइने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने समितिका वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक धनप्रसाद सुब्बाले जानकारी दिए ।

प्रतियोगिताका खेलहरु मध्य बानेश्वरस्थित काठमाडौं जेभियर्स र शंखमूलस्थित एआईएको कोर्टमा खेलाइने छ । काठमडौं जेभियर्समा समूह चरणका खेलहरु मात्र खेलाइने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार