मुख्य समाचार
मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार | डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि, प्रतिलिटर ३० रुपैयाँ बढ्यो | पूर्वाधार थपिँदा पर्यटक आकर्षित | सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत | सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन | जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने | सम्मरीमाई शीतभण्डार निर्माणमा भ्रष्टाचार : लुम्बिनीका तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध मुद्दा |

राष्ट्रपति पौडेलद्वारा बडादशैंको शुभकामना सन्देश : समृद्धि, एकता र सहकार्यको अपिल

Ujyalosandeshonline 10996+ समाचार ( )
१३ अशोज २०८२, सोमबार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको महान चाड बडादशैं २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले दशैंलाई असत्यमाथि सत्यको विजयको रूपमा लिइने पर्व भएको उल्लेख गर्दै यसले पारिवारिक जमघट, सामाजिक मेलमिलाप, सद्भाव र भाइचारालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । ‘दशैंको उपलक्ष्यमा पारिवारिक जमघट एवम् पुनर्मिलन भई खुसीयाली र हार्दिकता साटासाट गरी मनाउने प्रचलन रहिआएको छ,’ सन्देशमा भनिएको छ ।

राष्ट्रपतिले दशैं पर्वले मुलुकमा विद्यमान भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीचको सामाजिक एकतालाई थप सुदृढ गर्दै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरेका छन्। साथै, दशैंमा मान्यजनप्रति श्रद्धा र सम्मान स्वतःस्फूर्त रूपमा अभिव्यक्त हुने परम्पराले पनि यस पर्वको महत्त्व अझ बढाएको उनको भनाइ छ ।

राजनीतिक स्थायित्वको सन्दर्भमा राष्ट्रपति पौडेलले तोकिएको समयमा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद् र सरकारको निरन्तरताका लागि सबै पक्षलाई संयमित भई आवश्यक सहयोग र सहकार्य गर्न अपिल गरेका छन् । साथै, मुलुकमा उत्पन्न असाधारण परिस्थिति, मानवीय क्षति र सरकारी, संस्थागत तथा निजी क्षेत्रमा भएको भौतिक तथा अन्य क्षतिको उपयुक्त व्यवस्थापन गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।

राष्ट्रपतिले वर्तमान राजनीतिक परिस्थितिबाट शीघ्र उन्मुक्ति प्राप्त होस् भन्ने कामना गर्दै समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने प्रार्थना गरेका छन् । उनले मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दै सबै नेपालीमा आपसी एकता, न्याय र समानतासहितको आर्थिक समृद्धिमा अग्रसर हुन आग्रह गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार