मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

मुगुको गमगढीमा तीन दिने निशुल्क आँखा शिविरमा १ हजार १३२ जनाको चेकजाँच

Ujyalosandeshonline 12455+ समाचार ( )
२० चैत्र २०८१, बिहीबार

मुगु ।  मुगु जिल्लाको गमगढी बजारमा रहेको जिल्ला आँखा उपचार केन्द्रमा तीन दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । उक्त शिविरमा कुल १ हजार १३२ जनाले आँखा चेकजाँच गराएका छन्, जसमा ६८६ महिला र ४४६ पुरुष रहेका थिए । त्यस्तै, १०४ जनाको मोतियाबिन्दु शल्यक्रिया गरिएको छ ।

नेपाल नेत्र ज्योति संघको आयोजनामा, हिमाल आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र आई केयर फाउन्डेशन नेपालको आर्थिक सहयोगमा यो शिविर सञ्चालन भएको हो। शिविरमा ५२९ जना बिरामीलाई निशुल्क चस्मा र औषधि वितरण गरिएको नेपाल नेत्र ज्योति संघ केन्द्रका उपाध्यक्ष तिलक बहादुर मल्लले दिएका छन् ।

शिविरमा सहभागी भएका बिरामीहरूको स्वास्थ्य अवस्था परिक्षण गर्दा धेरैजसोलाई धूलो, धुवा र आगो बाल्ने कार्यका कारण आँखामा समस्या उत्पन्न भएको पाइएको छ । यहाँका नागरिकहरूको आँखामा काँचो उमेरमै मोतियाबिन्दु जस्ता समस्या देखिने गरेको डा. केष्णा गुरुङ्गले बताइन् ।

लामो समयदेखी आँखा नदेख्ने, आँखा दुख्ने,आँखा चिलाउने समस्या हुँदा घरदेखी टाढासम्म हिड्न निकै समस्या भएको खत्याड गाँउपालिकाका ५९ बर्ष कर्ण बहादुर बाँनियाले बताए । उनले  अहिले आँखाको अप्रेशन हुँदा घरमा भगवान भेटाएको महसुस भएको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार