मुख्य समाचार
ओमसतिया गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री जफत | सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै |

कांग्रेस–एमाले भ्रष्टाचारमा लिप्त भए : राजेन्द्र लिङ्देन

Ujyalosandeshonline 12618+ समाचार ( )
१३ कार्तिक २०८१, मङ्गलबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले र कांग्रेस भ्रष्टाचारमा लिप्त भएकै कारण जनता आजित भएको बताएका छन् । मंगलबार किर्तिपुरमा उपनिर्वाचन प्रचार प्रसार कार्यालयको उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफैं सरकारमा रहँदा नागरिकलाई शरणार्थी बनाएर बेच्ने, अदालतले दोषी ठहर गरेका व्यक्तिहरुबाटै अर्बौको चन्दा लिने क्रियाकलापका कारण कांग्रेस एमालेप्रति जनतामा असन्तुष्टि बढ्दै गएको बताएका हुन् । 

उनले भने, ‘सरकारहरुको कुरा गर्ने हो भने आफू सरकारमा बस्ने आफ्नै नागरिकहरुलाई भुटानी शरणार्थी बनाएर बेच्ने काम भइरहेको छ । आफैं सरकारको नेतृत्व गर्ने अनि अदालतले दोषि ठहर गरेका व्यापारीसँग अर्बौको चन्दा लिने काम गर्दैछ । यो काम उनीहरुले ठिक गरेका हुन् त ? त्यसकाणले यस्ता क्रियाकलापबाट जनता असन्तुष्ट छन् ।’

जनताले कांग्रेस र एमाले जस्ता भ्रष्ट राजनीतिक दलहरुको विकल्प खोजेका छन् भन्ने प्रमाणित गर्न समेत आउँदो उपनिर्वाचनमा हराउन आवश्यक रहेको लिङ्देनको भनाइ छ । स्थानीय तहहरुमा राप्रापाले कम ठाउँमा मात्र जितेपनि राम्रो नतिजा आएको उनको दाबी छ । 

‘अब जनता यीनिहरुको विकल्पको खोजीमा छन् भन्ने कुरा प्रमाणित गर्नको लागि भएपनि आउने उपनिर्वाचनमा कांग्रेस एमालेजस्ता पार्टीहरुलाई हराउनुपर्छ । ५३ वटै स्थानीय तहहरुमा कांग्रेस, एमाले र माओवादीले जितेको कुनै स्थानीय तहको तपाईले उदाहरण पाउनुभएको छ जहाँ भ्रष्टाचार भएको छैन, सुशासन भएको छ भन्ने पाउनुभएको छ ।

स्थानीय तहहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीले असाध्यै कम ठाउँमा चुनाव जितेको थियो । त्यसमा मेरो गृहगाउँपालिका पनि एक हो । मेरो गाउँपालिकालाई झापाको कर्णाली भनेर भन्ने गरिन्थ्यो तर आज त्यहाँ यति विकास भएको छ कि कालोपत्रे सडक नभएको आज कुनै वडा छैन । त्यसैले उपनिर्वाचनमा हामी सबै क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्छौं,’उनको भनाइ थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार