मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

जाजरकोटमा बाढीले शिक्षको मृत्यु

Ujyalosandeshonline 12612+ समाचार ( )
१० असार २०८१, आइतबार

जाजरकोट । जाजरकोटमा बाढीले बगाउँदा एक जना शिक्षकको मृत्यु भएको छ । शनिबार राति तारेचौर खोलामा एक्कासि आएको बाढीले बगाउँदा कुशे गाउँपालिकाको वडा नम्बर ९ पैंकका ईन्द्र बहादुर रोकायाको मृत्यु भएको गाउँपालिका उपाध्यक्ष देविका कुमारी सिंहले जानकारी दिइन् । 

‘उहाँको हिजो राती नै निधन भैसकेको रहेछ । अहिले पोस्ट मार्टमको लागि लैजाने तयारी भैरहेको छ’ उपाध्यक्ष सिंहले भनिन् । उनका अनुसार शनिबार राती ११ बजेतिर खोलामा एक्कासी आएको बाढीले माछा मार्न अन्य गएका ६ जनालाई पनि बगाएको थियो। 

बाढीमा परी कुशे गाउँपालिकाका राजेन्द्रबहादुर शाही, पृथ्वीबहादुर शाही, खिमबहादुर शाही, जीवन जैसी, कुशे–१, तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने सामान्य घाइते भएको उपाध्यक्ष सिंहले बताइन् । 

तर अन्यले पौडिएर ज्यान जोगाए पनि ३९ वर्षीय रोकाया भने मृत भेटिएका हुन् । रोकाया गाउँपालिकाकै वडा नम्बर–४मा रहेको मालटाकुरा माध्यामिक विद्यालयका अंग्रेजी शिक्षक हुन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार