सरकार संविधानकै धाराबाट बन्छ, ‘बाइसे धारा’बाट बन्ने होइनः रिजाल

Ujyalosandeshonline 6415+ समाचार ( )
२५ आषाढ २०८१, मङ्गलबार

काठमाडौं । नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले नयाँ सरकार कुन धाराबाट बन्ने भन्ने वहसको विषय नभएको जिकिर गरेका छन् ।  मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रिजालले नेकपा माओवादी केन्द्रले नयाँ सरकार संविधानको धारा ७६ को उपधारा ३ अनुसार बन्ने दाबी गरिरहँदा रिजालले भने त्यो माओवादीको विषय नभएको बताएका हुन् ।

मंगलबारको बैठकमा माओवादी केन्द्रका सांसद महिन्द्रराय यादवले नयाँ सरकार उपधारा ३ अनुसार बन्ने दाबी गरेपछि त्यही दाबीलाई जवाफ दिँदै उनले भने ‘अब बन्ने सरकार संविधानकै धाराभित्रबाट बन्ने हो । बालाजुको बाइसे धाराबाट बन्दैन । त्यसको चिन्ता तपाईंहरुले गर्नुपर्दैन ।’


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार