मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

"आम जनताको शासन सत्ता स्थापित गर्न आम जनता पार्टी नै विकल्प": अध्यक्ष प्रभु शाह

Ujyalosandeshonline 12548+ समाचार ( )
८ कार्तिक २०८२, शनिबार

सिरहा । महान पर्व छठको पावन अवसरमा आम जनता पार्टी (आजपा) द्वारा सिरहा जिल्लाको दहिपौडी बजारमा आयोजित अन्तरक्रिया सहितको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । "देशको अवस्था बदल्न व्यवस्था बदलौं ! अग्रगमनको दिशामा अघि बढौं !!" भन्ने मूल नाराका साथ सम्पन्न यस कार्यक्रमले आम जनतामाझ नयाँ उत्साह र आशा जगाएको छ।

कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले देशको वर्तमान अवस्था, राजनीतिक परिदृश्य र आम जनताले भोग्नुपरेका समस्याहरूबारे गम्भीर छलफल गरेका थिए। आजपाका अध्यक्ष प्रभु शाहले कार्यक्रमलाई सम्बोधन गर्दै देशमा आम जनताको शासन सत्ता स्थापित गर्न आजपा नै अबको विकल्प रहेको निष्कर्ष निकालेको बताउनुभयो। उहाँले आम जनताको हक अधिकार सुनिश्चित गर्न र देशलाई समृद्धिको बाटोमा अगाडि बढाउन आजपा प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूले छठ पर्वको शुभकामना आदानप्रदान गर्दै यस प्रकारका कार्यक्रमले पार्टीलाई जनतासँग जोड्न मद्दत पुग्ने बताएका थिए। उपस्थित जनसमुदायले पनि कार्यक्रमलाई उत्साहजनक रूपमा साथ दिएका थिए। यस कार्यक्रमले आगामी दिनमा आजपाको संगठन विस्तार र जन परिचालनमा थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार