मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

पारा तथा विशेष खेलकुद सुरु : एक सय २५ स्वर्णका लागि प्रतिस्पर्धा

Ujyalosandeshonline 12457+ समाचार ( )
१२ असार २०८१, मङ्गलबार

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा पारा तथा विशेष खेलकुद प्रतियोगिता सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कार्यालय त्रिपुरेश्वरमा सुरु भएको प्रतियोगिताको उद्घाटन राखेपका सदस्य सचिव टंकलाल घिसिङ गरे ।

प्रतियोगितामा विभिन्न १३ खेलको प्रतिस्पर्धा हुने पारा तथा विशेष खेलकुद प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन समितिकी संयोजक राखेपकी सदस्य पेमा डोल्मा लामाले बताइन् ।

एथलेटिक्स, व्हीलचेयर बास्केटबल, बोसिया, क्रिकेट, साइक्लिङ, एम्पुटी फुटबल, दृष्टिविहीन गोलबल, जुडो, साउन्ड टेबलटेनिस, पारा टेबलटेनिस, पौडी र भारोत्तलनको प्रतिस्पर्धा हुनेछ ।

१२५ स्वर्ण, १२५ रजत र १४३ कांस्यका लागि प्रतिस्पर्धा हुनेछ ।

पारा राष्ट्रिय खेलकुदको उद्घाटन गर्दै राखेपका सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलाडीहरुले पेरिस पारा ओलम्पिकमा छनोट भइरहँदा यहाँ पाराको नाममा झगडा गर्नु दुःखद रहेको बताए ।

उनले भने, ‘पारा राष्ट्रिय खेलकुदको विकास, गतिशीलताका लागि नेपाली पारा ओलम्पिकले खेलले उचाइ हासिल गर्दैगर्दा हामी पाराका नाममा झगडा गर्नु दुःखद पक्ष हो । पेरिस पारा ओलम्पिकमा नेपालबाट सहभागिता जनाउन दुई जना खेलाडी सहभागि हुँदै गर्दा त्यसले एउटा उचाइ हाँसिल गरेको छ । तर हामी देशभित्र पाराका नाममा एकअर्कासँग विवाद गर्नु दुःखद पक्ष हो ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार