मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

भारतले जित्यो ट्वान्टी–२० विश्वकप क्रिकेटको उपाधि

Ujyalosandeshonline 12342+ समाचार ( )
२४ फाल्गुन २०८२, आइतबार

काठमाडौं । भारतले न्यूजिल्याण्डलाई पराजित गर्दै आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आज भएको फाइनलमा न्यूजिल्याण्डलाई ९६ रनले हराउँदै भारतले विश्वकपको उपाधि जितेको हो । विश्वकपमा भारतको यो लगातार दोस्रो उपाधि हो । यसअघि सन् २०२४ मा भएको विश्वकपको उपाधि पनि भारतले जितेको थियो ।  सन् २००७ को विश्वकपमा पनि भारतले उपाधि जितेको थियो ।

आज भारतले दिएको २५६ रनको विशाल लक्ष्य पछ्याएको न्यूजिल्याण्ड १९ ओभरमा सबै विकेट गुमाउँदै १५९ रनमै समेटियो । न्यूजिल्याण्डका लागि टिम सिफर्टले सर्वाधिक २६ बलमा दुई चौका र पाँच छक्काको मद्दतमा  ५२ रन बनाए । त्यस्तै मिचेल स्यान्टनरले ३५ बलमा ४३ रन जोडे भने ड्यारिल मिचेलले ११ बलमा १७ रन बनाए । त्यसबाहेक  अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।  

बलिङतर्फ भारतका बलरहरू उत्कृष्ट देखिए । जसप्रित बुमराहले ४ ओभरमा १५ रन दिँदै ४ विकेट लिए । त्यसैगरी अक्षर पटेलले ३ विकेट लिए भने हार्दिक पाण्ड्या, वरुण चक्रवर्ती र अभिषेक शर्माले समान १–१ विकेट लिए । त्यसअघि  ट्स हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २५५ रनको योगफल बनाएको थियो । भारतका लागि सञ्जु सैमसनले उत्कृष्ट ब्याटिङ गर्दै ४६ बलमा ५ चौका र ८ छक्कासहित सर्वाधिक ८९ रन बनाए । 

त्यस्तै अभिषेक शर्माले २१ बलमा ५२ रन जोडे भने इशान किशनले २५ बलमा ५४ रन बनाए । हार्दिक पाण्ड्याले १३ बलमा १८ रन बनाए । कप्तान सूर्यकुमार यादव भने ज्ञ बलमै आउट भए । अन्त्यतिर शिवम दुबेले ८ बलमा २६ रन बनाए भने तिलक वर्मा ८ रनमा अविजित रहे । न्यूजिल्याण्डका लागि जेम्स निशमले ३ विकेट लिए । त्यस्तै म्याट हेनरी र रचिन रविन्द्रले समान १–१ विकेट लिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार