मुख्य समाचार
बाँदरपीडित किसानद्वारा गाउँपालिका कार्यालय घेराउ : नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने | अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ | नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान | सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा | नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन | लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक | कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो | पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन | विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने | पोखरा–दुबई सिधा उडानः टिकट बुकिङ खुला |

रुपन्देहीमा प्रहरीद्वारा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, नागरिकका गुनासो सम्बोधन

Ujyalosandeshonline 11522+ समाचार ( )
२८ अशोज २०८२, मङ्गलबार

भैरहवा । रुपन्देही जिल्ला प्रहरी कार्यालयले सिद्धार्थनगर नगरपालिका-०२, मेउडिहवास्थित सामुदायिक धर्मशालामा एक सार्वजनिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आयोजना र प्रहरी चौकी मेउडीहवाको सहकार्यमा भएको यस कार्यक्रमको मुख्य उद्देश्य नागरिकका गुनासो सुन्ने र प्रहरी कार्यप्रतिको जवाफदेहिता प्रदर्शन गर्नु रहेको थियो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख, प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, आमा समूह, बुद्धिजीवी, पत्रकार र समाजसेवी लगायतको उत्साहजनक सहभागिता थियो।

प्रहरी निरीक्षक भरत के.सी.को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रहरी उपरीक्षक क्षेत्रीले शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण, लागुऔषध नियन्त्रण, चोरी तस्करी नियन्त्रण र सवारी दुर्घटना न्यूनीकरण सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट सम्पादन गरिएका कार्यहरूको विस्तृत जानकारी गराउनुभयो। 

कार्यक्रममा सहभागीहरूले प्रहरी कार्यसम्पादन र शान्ति सुरक्षाका विषयमा विभिन्न प्रश्न तथा गुनासोहरू राखेका थिए, जसको प्रहरी उपरीक्षक क्षेत्रीले सम्बोधन गर्नुभयो। यो कार्यक्रमले नागरिक र प्रहरीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै प्रहरी कार्यप्रतिको पारदर्शिता बढाउन मद्दत पुगेको विश्वास गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार