मुख्य समाचार
भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता | ‘विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ’ | रेसुंगामा साउने मेलाको भेटी गणना सुरु | शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने सरकारको निर्णय | धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह | बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो | आजको मौसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना | दश वर्षमा पनि बनेन मनाङमा पुल | बुटवलबाट बेनीतर्फ लैजाँदै गरेको ८५ हजारको अवैध कपडा पाल्पामा बरामद | भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणको कपडा नवलपरासीमा पक्राउ |

ओली–लामिछाने भ्रष्टाचारको गठबन्धन : महामन्त्री शर्मा

Ujyalosandeshonline 12082+ समाचार ( )
१३ जेठ २०८१, आइतबार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछाने र एमाले अध्यक्ष केपी शर्मा ओली दुवै विभिन्न प्रकरणमा मुछिएकाले  एकअर्कालाई बचाउदै हिँडेको आरोप लगाएका छन् ।

कांग्रेसले आइतबार काठमाडौंमा गरेको खुला सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । सहकारी ठगीमा गृहमन्त्री लामछिानेलाई जोगाएर ओली बोल्ने र लामिछानेले एमाले अध्यक्ष ओलीलाई गिरिबन्धु टी इस्टेटको जग्गा प्रकरणमा जोगाउने गठबन्धन गरेको उनले बताए ।  

उनले भने, ‘भ्रष्टाचारका प्रकरणहरु ढाकछोप गर्नका लागि संगठित अपराधजस्तो प्रवृत्ति प्रस्तुत हुन थाल्यो । पूर्व प्रधानमन्त्री कमरेड केपी ओली सहकारी ठगीमा गृहमन्त्रीलाई जोगाएर नै बोल्ने मनोविज्ञानमा देखिनु भएको देशका सामु प्रमाणका रुपमा छ । ओलीको त्यो भूमिका छ भने गृहमन्त्रीको भूमिका एमाले अध्यक्षलाई गिरिबन्धुको प्रकरणमा जोगाउनको लागि साथ दिने । यो गठबन्धनको नयाँ नामकरण गरेका छौं– यो सहकारीबन्धु गठबन्धन हो ।’

सभालाई सम्बोधनका क्रममा उनले प्रतिनिधि सभाका सभामुखको भूमिका पदको गरिमा अनुरुपको हुन नसकेको पनि बताए । गृहमन्त्री लामछिानेलाई बोलेपछि सभामुख देवराज घिमिरेले संसदमा प्रतिपक्षी दलका सांसदलाई बोल्न दिएका थिएनन्, प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक विश्वासको मत लिँदा पनि उनको भूमिका सत्तापक्षीय देखिएको थियो ।

महामन्त्री शर्माले भने, ‘प्रतिनिधि सभाका सभामुखको भूमिका पदको गरिमा अनुरुपको हुन सकेन । सभामुखले प्रधानमन्त्रीलाई भन्नुपर्ने थियो कि तपाईले विश्वासको मत लिने अधिकारको रक्षा गर्दछु, तर प्रतिपक्षले संसदमा आफ्नो विमति राखिरहेको समयमा विश्वासको मतको गणना गर्न मिल्दैन । तर, सभामुखले यो भन्न सक्ने क्षमता राख्न सक्नु भएन ।’

साना दलहरुलाई विभाजन गर्ने षड्यन्त्रमा स्वयंम प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री सामेल भएको भन्दै सरकारको यस्तो क्रियाकलापको विपक्षमा कांग्रेस सडकमा उभिएको पनि उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार