मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

किन घट्दैछ नेपालबाट यार्सा गुम्बा निर्यात ?

Ujyalosandeshonline 12463+ समाचार ( )
८ असार २०८२, आइतबार

काठमाडौं । पछिल्लो समय नेपालबाट यार्सा गुम्बा निर्यात घट्दै गएको भन्सार विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार गत आर्थिक वर्ष (आव) २०८०÷८१ को ११ महिनामा नेपालबाट ६४ करोड २२ लाख ७८ हजार रुपैयाँको १ हजार ३१३ किलो यार्सा गुम्बा निर्यात भएको थियो । तर, चालु आवको सोहि अवधिमा निर्यात मूल्य ४२ करोड ६८ लाख ७९ हजार रुपैयाँले घटेको छ ।

चालु आवको ११ महिनामा नेपालबाट २१ करोड ५३ लाख ९९ हजार रुपैयाँको ५०६ किलो यार्सा निर्यात भएको पाइएको छ । पछिल्लो समय नेपालमा यार्सा गुम्बाको उत्पादन घट्दै गएका कारण संकलन नै कम हुने भएकाले बिगतको तुलनामा निर्यात घटेको सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

नेपाल यार्सा गुम्बा संघका अध्यक्ष निरन्जन बहादुर चलाउनेले बढ्दो जलवायु परिवर्तनको असरका कारण नेपालमा यार्सा उत्पादन घटेको बताए ।

‘खासगरी यार्सा उत्पादन हिमाली भेगमा हुने भएकाले यसको उत्पादन राम्रो हुनकालागि हिमालमा हिउँ पर्नुपर्छ । तर जलवायु परिवर्तनको असरका कारण पछिल्लो समय हिमालमा हिउँ पर्ने क्रम कम भएको छ । जसले गर्दा उत्पादनमा असर पर्न गएको हो,’ उनले भने ‘उत्पादन वृद्धि गरी निर्यात प्रवद्र्धन गर्न सरकारले पनि यसको संरक्षण र उत्पादन वृद्धि तर्फ ध्यान दिनु जरुरी छ ।’

नेपालबाट सबैभन्दा बढी यार्सा निर्यात चीनमा हुने गरेको छ । जेठ महिना सम्म चीनमा ३ करोड ८४ लाख ३९ हजार रुपैयाँको १४४ किलो यार्सा निर्यात भएको विभागको तथयांकमा उल्लेख छ । गत आवको सोहि अवधिमा पनि चीनमा २२ करोड ८७ लाख ७५ हजार रुपैयाँको ५७१ किलो यार्सा निर्यात भएको थियो । नेपालबाट चीन, अस्ट्रेलिया, कम्बोडिया, अस्ट्रिया, चेक रिपब्लीक, ग्रिस, हङकङ, जापान, मलेसिया, सिङ्गापुर, भियतनाम लगायत मुलुकमा यार्सागुम्बा निर्यात हुने गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार