मुख्य समाचार
अन्नपूर्णमा घरमा प्रसूति हुनेको सङ्ख्या शून्य | साँगुरीगढीबाटै थायी लेखा नम्बर वितरण : सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो | परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता | आज देशैभर कांग्रेसको पालिका अधिवेशन | सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी | राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन | गौतम बुद्ध विमानस्थल सञ्चालनका लागि स्पष्ट कार्यतालिका ल्याउन सांसद अग्रवालको माग | महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी | सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा | बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार |

अन्नपूर्णमा घरमा प्रसूति हुनेको सङ्ख्या शून्य

रासस 674+ समाचार ( )
७ अशोज २०८३, बुधवार

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले लगातार तेस्रो आर्थिक वर्षसम्म घरमा हुने प्रसूतिलाई शून्यमा कायम गर्न सफल भएको छ । मातृ शिशु स्वास्थ्यमा सुधार ल्याउनका लागि अन्नपूर्णले घरमा प्रसूति हुनेको सङ्ख्या शून्य बनाएको हो ।असुरक्षित प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी नवजात शिशु र आमाको स्वास्थ्यमा सुधार ल्याउन गरेको प्रयासस्वरुप घरमा प्रसूति हुनेको सङ्ख्या लगातार तेस्रो वर्ष शून्य कायम भएको अन्नपूर्ण गाउँपालिकाको जनस्वास्थ्य निरीक्षक समुन्द्र बरुवालले जानकारी दिनुभयो ।

 “अन्नपूर्णका सबै गर्भवतीहरूले पछिल्लो तीन वर्षयता स्वास्थ्य संस्थामा पुगेर दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिएका छन् । घरमा प्रसूति हुनेको सङ्ख्या शून्य बनाएका छौँ”, उहाँले भन्नुभयो, “यसलाई कायम राख्नका लागि सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइरहेका छौँ ।”यहाँ आर्थिक वर्ष २०८२÷८३ मा ९१ जना, २०८१÷८२ मा ७९ र २०८०÷८१ मा ९१ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् । गत आवमा सुत्केरी भएका ९१ जनामध्ये २५ जनाले गाउँपालिकाभित्रकै सङ्ख्याबाट सेवा लिएका थिए । 

आव २०७९÷८० मा १३९ मध्ये १३५ जनाले संस्थागत प्रसूति सेवा लिँदा एक जनाले मात्र घरमा र चार जनाले मृत बच्चा जन्माएका थिए । आव २०७८÷७९ मा पालिकामा १२७ जनाले संस्थागत प्रसूति सेवा लिएका थिए । घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भ परीक्षण नगराउने समस्या हटाउन पालिकाले ‘आमासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरेको छ । तोकिएको समयमा नियमित गर्भ परीक्षण र संस्थागत प्रसूति सेवामा पहुँच बढाएर मातृ शिशु मृत्युदर घटाउन, स्वास्थ्य र पोषण सुधार गर्न कार्यक्रम प्रभावकारी बनेको उपाध्यक्ष दिवा तिलिजा पुनले बताउनुभयो । 

गर्भवती स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थामा आउँदा अण्डा र सुत्केरीलाई घरमै पुगेर भाले दिने गरिएको उहाँले बताउनुभयो । तोकिएको मितिमा चारपटक गर्भ परीक्षण गर्दा हरेकपटक एक–एक क्रेट अण्डा र संस्थागत प्रसूति हुनेलाई जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरमै पुगेर एउटा कुखुराको भाले दिने गरिएको छ ।

सुत्केरी भएपछि पनि तीनपटक सुत्केरी जाँच गर्नेलाई थप एक क्रेट अण्डा, एक किलोग्राम सर्वोत्तम पीठो र बच्चालाई न्यानो कपडा दिने गरिएको छ । गर्भवती र सुत्केरीको खानपान, सरसफाइ र स्याहारसुसारमा जागरण आएको छ । आठ वडा रहेको अन्नपूर्णको दोवा र दानाबाहेक भुरुङ–तातोपानी, नारच्याङ, शिख, घार, हिस्तान र राम्चेका स्वास्थ्य संस्थामा प्रसूति सेवा केन्द्र छन् । वडा नं ५ मा पर्ने पाउद्वारको सामुदायिक स्वास्थ्य एकाइमा पनि प्रसूति केन्द्र सञ्चालनमा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार