मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

‘सडेगलेको व्यवस्था स्वीकार्ने की बदल्न अगाडि बढ्ने ?’

Ujyalosandeshonline 11005+ समाचार ( )
१५ जेठ २०८१, मङ्गलबार

काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले  वर्तमान व्यवस्था सडेगलेको व्यवस्था भइसकेको भन्दै स्वीकार गर्न नसकिने टिप्पणी गरेका छन् । 

जनमत पार्टीको आह्वानमा मंगलबार आयोजित ‘नौलो गणतन्त्र आन्दोलन उद्घोष’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान  व्यवस्था, राजनीतिक दल र सरकारबाट अपेक्षित काम नभएको उल्लेख गर्दै आफूहरु चुप लागेर नबस्ने बताएका हुन् । 

उनले भने, ‘या त यही व्यवस्थामा बाँच्न सिक्नुप¥यो कि त यो व्यवस्था बदल्नका लागि तयार रहनुप¥यो । कि सडेगलेको व्यवस्था स्वीकार्नु प¥यो कि त यसलाई बदल्नका लागि अगाडि बढ्नु प¥यो । यो देशलाई नै विकल्प दिनका लागि जनमत पार्टी यहाँ भेला भएको छ । वर्तमान व्यवस्था, राजनीतिक दल र सरकारले देशलाई निकास दिन सकेन, अब चुप लागेर बस्ने त ?’

आफूसँग भएको बिउलाई देशभर फैलाएर छिट्टै नै नयाँ गणतन्त्रको उद््घोष गर्ने उनको भनाइ थिायो । ‘हामीकहाँ संख्या सानो होला तर, यो बिज हो, देशभर फैलाउँछौं । हामी नयाँ गणतन्त्रको उद्घोष यहाँबाट गर्नेछौं,’ उनले भने । 

अध्यक्ष राउतले हल्ला गरेर मात्र देशको विकास गर्न नसकिने उल्लेख गर्दै जनतालाई देखाएका सपनाहरु पुरा गर्न नौलो गणतन्त्र आवश्यक भएको उल्लेख गरे । 

उनले भने, ‘जबसम्म हामी देशलाई निकास दिँदैनौं, जबसम्म हामी जनतालाई देखाएका सपना पुरा गर्दैनौं, तबसम्म तपाईहरुको साथ रहनेछ भन्ने विश्वास लिएको छु । खालि हामी हल्ला गरेर मात्र त अगाडि बढ्न सक्दैनौं । राजनीतिक दल, संसद र सरकारबाट उपलब्धि भएन, अब के गर्ने ? चुप लागेर बस्ने त ? कि त देशबाट पलायन हुनु प¥यो । नभए यही बेरोजगार व्यवस्थालाई स्वीकार्नु प¥यो, भोक र रोग स्वीकार्नु प¥यो । तपाईहरु साथ दिनुस् हामी नौलो गणतन्त्र लिएरै छाड्छौं ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार