मुख्य समाचार
धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह | बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो | आजको मौसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना | दश वर्षमा पनि बनेन मनाङमा पुल | बुटवलबाट बेनीतर्फ लैजाँदै गरेको ८५ हजारको अवैध कपडा पाल्पामा बरामद | भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणको कपडा नवलपरासीमा पक्राउ | विमानस्थलबाट गाँजासहित विदेशी नागरिक पक्राउ | गुल्मी जिल्ला प्रशासनको सेवामा सुधार, एकद्वार प्रणाली र QR भुक्तानीको माग | केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ | बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट |

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

Ujyalosandeshonline 12080+ समाचार ( )
८ चैत्र २०८२, आइतबार

नेपालगञ्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । अनौपाचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र एडभोकेसी फोरमले गरेको संयुक्त अनुगमनमा सात सय कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा ८८९ कैदीबन्दी तथा थुनुवा राखेको पाइएको हो । कारागारमा रहेका कैदीबन्दीहरू एउटै कोठामा १२ देखि ४० जना बस्नुपर्ने, शौचालय प्रयोगका लागि पालो कुर्नुपर्ने, स्वास्थ्य सेवा र पठनपाठनको व्यवस्थित सुविधा नहुँदा कैदी बन्दीले समस्या भोग्नुपरेको बताएका छन् ।

एडभोकेसी फोरम नेपालका क्षेत्रीय संयोजक अधिवक्ता बसन्त गौतमले कारागारमा कैदीबन्दी क्षमताभन्दा बढी हुनु मानव अधिकार उल्लङ्घनको गम्भीर समस्या भएको उल्लेख गर्दै आधारभूत स्वास्थ्य सेवा, सरसफाइ, शौचालय सुविधा, न्यायिक प्रक्रिया तथा शिक्षा सुनिश्चित गर्न सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्ने बताउनुभयो । त्यसै गरी सो टोलीले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षको पनि अनुगमन गरेको छ । सो हिरासतमा अहिले ६१ जना थुनुवा छन् । केही थुनुवाको म्याद थप नभइ अनुसन्धानका क्रममा रहेको अवस्था भेटिएको एडभोकेसी फोरमका संयोजक गौतमले जानकारी दिनुभयो । 

अनुगमन टोलीले कारागारमा रहेका कैदीबन्दीको आधारभूत मानव अधिकार, स्वास्थ्य, सरसफाइ र न्यायिक प्रक्रियामा देखिएका चुनौतीको विस्तृत अध्ययन हुनुपर्नेमा जोड दिएको छ । टोलीले कारागार व्यवस्थापन, कैदीबन्दीको दैनिक जीवनयापन र आधारभूत मानव अधिकार पनि नरहेको उल्लेख गरेको छ ।

इन्सेकका कार्यक्रम अधिकृत टेकनाथ आचार्यले थुनुवाहरूको आधारभूत मानव अधिकार, स्वास्थ्य सेवा र खानाको गुणस्तर सुनिश्चित गर्न आग्रह गर्नुभयो । नौवस्ता कारागारमा हाल ६९१ जना कैदीबन्दी छन् । अनुगमन टोलीले कैदीबन्दीहरूको आवास क्षमता बढाउनुपर्ने, भीडभाड व्यवस्थापन, स्वास्थ्य बिमा पहुँच, न्यायिक सूचना प्रवाह र शिक्षा, धार्मिक अभ्यासको व्यवस्था थप प्रभावकारी बनाउन सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने निष्कर्ष निकालेको संयोजक गौतमको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार