मुख्य समाचार
विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी | अर्घाखाँचीमा पेट्रोलियम पदार्थको अभाव छैन, कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने प्रशासनको चेतावनी | अर्घाखाँचीमा वन डढेलो नियन्त्रणका लागि मिनी दमकलसहित दस्ता परिचालन, २४ घण्टामै अनलाइन रिपोर्टिङ गरिने |

राजेन्द्र महतोले छाडे लोसपा, सुरु गरे नयाँ अभियान

Ujyalosandeshonline 10781+ समाचार ( )
१४ फाल्गुन २०८०, सोमबार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छोड्दै ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका छन् ।

सोमबार राष्ट्रिय सभा गृह काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता महतोले बहुल राष्ट्रिय राज्य स्थापना गर्ने भन्दै ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको थालनी गरेका हुन् ।

आजको अवस्थामा लोकतन्त्र, गणतन्त्र, विकास र समाजवादको बहस जनता झुक्याउने र ठग्ने प्रपञ्च सावित भएको भन्दै नेता महतोले वर्तमानको ठूलो अनिश्चितता र भ्रमलाई चिर्न सक्ने वैकल्पिक अभियानको थालनी गरेका दाबी गरे ।

उनले भने, ‘अधिकार पहचिानको मान्यता राख्ने सबै एकजुट हुनुपर्दछ । सबै संघर्षमा आउनुपर्दछ र जुट्नुपर्छ भनेर हामीले आह्वान गरेका छौं । यो अभियानमा लोसपा र लोसपाका नेताहरु पनि सहमत भएर आउनुपर्दछ । ’

विचार र एजेण्डा मिलेको अवस्थामा लोसपा पनि पार्टीमा जोडिन सक्ने महतोले उल्लेख गरे ।

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’ अभियान तहत सबै एकताबद्ध भएर राष्ट्रिय मुक्ति क्रान्ति गर्नुको विकल्प नरहेको भन्दै महतोले यही क्रान्तिले देशमा सबै नेपालीका लागि शासन र संविधानमा परिवर्तन ल्याउने दाबी गरे ।

उनले अघि भने, ‘यही क्रान्तिले देशमा सबै नेपालीका लागि शासन र संविधानमा परिवर्तन ल्याउनेछ र नेपाल सबै नेपालीका लागि निर्माण गर्नेछ । अबको आगामी क्रान्ति कुनै एक दल वा कुनै एक पीडित समुदायबाट सम्भव नै छैन । तसर्थ विद्यमान सम्पूर्ण परम्परागत पार्टीबाट माथि उठी, औपनिवेशिक चिन्तन सोचको प्रभावलाई तिलाञ्जली दिएर सम्पूर्ण उत्पीडित जनता जुटेर उठे हाम्रो देशको गौरवशाली वैभव प्राप्त गर्न सम्भव छ ।’

लोसपा अध्यक्ष महन्थ ठाकुरले गरेको पदाधिकारी मनोनयनप्रति असन्तुष्टी जनाउँदै महतोले गत मंसिरको केन्द्रीय समिति समेत बहिस्कार गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार