मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

सुपादेउराली मन्दिरमा पोखराका थापा परिवारद्वारा १ लाख ११ हजारको भेटि प्रदान, कामना पूरा भएको विश्वास

अनिल नेपाली 141+ समाचार ( )
२७ अशोज २०८२, सोमबार

अर्घाखाँची । अर्घाखाँचीको प्रसिद्ध तथा धार्मिक स्थल सुपादेउराली मन्दिरको शक्ति र महिमाप्रति जनविश्वास बढ्दै गएको पुष्टि भइरहँदा, पोखराका अभिषेक थापा र उहाँको परिवारले दोस्रोपटक आफ्नो मनोकामना पूरा भएको भन्दै मन्दिरमा नगद रु १,११,१५६ भेटि प्रदान गर्नुभएको छ ।

थापा परिवारले मन्दिरमा उक्त भेटि प्रदान गर्नुभएको हो । यसअघि पनि अभिषेक थापाको परिवारले सुपादेउराली मन्दिरमा दर्शन गरी मनोकामना पूरा भएको अनुभव गरिसकेका थिए। यसपटक पनि आफूहरूको कामना पूरा भएको भन्दै उहाँहरूले कृतज्ञता स्वरूप यो ठूलो रकम प्रदान गर्नुभएको हो ।

थापा परिवारलाई सुस्वास्थ्य, उन्नति र प्रगतिको कामनासहित सन्धिखर्क नगरपालिका वडा नम्बर ७ का अध्यक्ष चुरा ब केसी, मन्दिरका पुजारी पिताम्बर खनाल, नगरपालिका वडा नम्बर २ का पूर्व अध्यक्ष गोबर्धन थापा लगायतले सम्मान गर्नुभएको थियो । सुपादेउराली मन्दिरले भक्तजनहरूको अटल विश्वास जित्दै गएको र यसको धार्मिक महत्व निरन्तर बढिरहेको यस घटनाले थप पुष्टि गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै