मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

सहुलीयत ऋणको व्यवस्था भए कृषि क्षेत्रमा क्रान्ति आउँछ : मन्त्री साह

Ujyalosandeshonline 11768+ समाचार ( )
२७ वैशाख २०८१, बिहीबार

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्याला कुमारी शाहले नेपालमा लेखापरीक्षणको पारदर्शिता हुनु अत्यन्तै आवश्यक भएको बताएकी छन् ।

उनले कृषि क्षेत्र अघि बढेमात्रै देशमा समृद्धि आउने भन्दै सरकारले कम्तीमा १५ वर्ष सम्मको सहुलीयत ऋण दिने व्यवस्था मिलाउन सके कृषि क्रान्ति हुने धारणा राखिन ।

कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिएकी उनले सबैलाई यो क्षेत्रको विकासमा ध्यान दिन आग्रह गर्दै  भनिन्, ‘कृषि क्षेत्र अगाडि बढेमात्र देश समृद्धितिर जान्छ । कृषि क्षेत्रलाई विशेष ध्यानमा राख्दै कम्तिमा १२ देखि १५ वर्षसम्मका लागि सहुलीयत ऋण हामीले दिन सक्यौं भने कृषिमा एउटा नयाँ क्रान्ति आउनेछ ।’ 

बिहीबार काठमाडौंमा आयोजित आर्थिक सम्भावना बढाउन संकट सम्बन्धी राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै उनले कृषि क्षेत्रको विकास र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिइन । यस्तै, मन्त्री साहले देशको हरेक आर्थिक क्रियाकलापको लेखा परीक्षण पारदर्शी रुपमा गरिनुपर्नेमा जोड दिइन । 

नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (आइक्यान) को कार्यक्रममा मन्त्री ज्वालाले भनिन्, ‘ आफ्नो देशभित्रको आर्थिक क्रियाकलापसँगै अन्तरदेशीय आर्थिक क्रियाकलापको समेत लेखापरीक्षण गर्दै आएको नेपालस्तो देशमा स्पष्ट लेखा परीक्षण हुनु अत्यन्तै जरुरी छ ।’ उनले थपिन, ‘स्पष्ट लेखा परीक्षणबाट बनेका सम्बन्धमा सुदृढ हुने र नविन सम्बन्धहरु स्थापित गर्न राम्रो वातावरण तयार हुने गरेको छ ।’

विभिन्न कम्पनी र संस्था, व्यक्ति र सरकारी निकायका आर्थिक लागत (आय व्यय) को हिसावलाई पारदर्शी र जवाफदेही बनाउन चाटर्ड एकाउन्टेन्टको क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता र भूमिका महत्वपूर्ण हुने धारणा मन्त्री साहको छ । 

यस्तै, उनले लेखा व्यवसायीको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संघले देशको वित्तिय सुुशासनमा लेखा परीक्षणको माध्यमबाट योगदान दिँदै आएको बताइन ।  चार्टर्ड एकाउन्टेन्टहरु पलायन हुने समस्यालाई आफूले मनन गरेको मन्त्री ज्यालाले जिकिर गरिन ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार