मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

मर्चवारमा दुर्घटना: घाइतेकाे उपचारका लागि नेता प्रमाेदकुमार यादवद्वारा आर्थिक सहयाेग

Ujyalosandeshonline 10783+ समाचार ( )
१ चैत्र २०८०, बिहीबार

भैरहवा । नेपाली काँग्रेसका युवा नेता तथा रुपन्देही क्षेत्र नम्बर ४ का निवर्तमान सांसद प्रमाेदकुमार यादवले मर्चवारमा ट्याक्टर पल्टिँदा घाइते भएकाहरुकाे उपचारमा कुनै कमि हुन नदिन अस्पताल व्यवस्थापनलाई आग्रह गरेका छन् । साथै उनले घाइतेकाे उपचारका लागि सिद्धार्थनगर सिटी अस्पतालमा पुगेर ५० हजार रुपैया सहयाेग गरेका छन् ।

रूपन्देहीकाे काेटहीमाई-५, मा बिहीबार अपरान्ह भागवत पुजाको लागि जल भर्न गइरहेका सर्वसाधारण बाेकेकाे ट्याक्टर पल्टिँदा २३ जना घाइते भएका थिए । ट्याक्टर दुर्घटनाका घाइतेलाई भैरहवास्थित सिटी र भीम अस्पतालमा उपचार भइरहेकाे छ ।  घाइतेहरु भेट्न अस्पताल पुगेका यादवले उनीहरुकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उपचारमा कुनै कमी हुन नदिने विश्वास दिलाए । 

यादवले अस्पतालकाे खातामा तत्काल ५० हजार रुपैयाँ जम्मा गरेर विरामीकाे उपचारका लागि सहयाेग गरेका हुन् । `मैले अस्पताल व्यवस्थापन र उपचारमा संलग्न चिकित्सकलाई भेटेर आर्थिक अभावले उपचारमा कमी नगर्न भनेकाे छु, आवश्यक आर्थिक व्यवस्थापन हाम्राे जिम्मेवारी भयाे, घाइतेले राम्राे र प्रभावकारी उपचार पाउनुपर्छ भन्नेमा ध्यान पुर्याउन आग्रह गरेकाे छु´, उनले भने ।

काेटहीमाइ-७ बाट जल भर्नका लागि सर्वसाधारण बाेकेर गएकाे लु १ त ५५४७ नम्बरको ट्याक्टर  कोटहीमाई- ५ मा  पल्टिएको हाे । नेता यादवले घाइतेकाे शिघ्रस्वास्थ्यलाभकाे कामना गर्दै आवश्यक सबै सहयाेग गर्ने समेत प्रतिबद्धता जनाएका छन् । अस्पताल व्यवस्थापनले पनि नेता यादवसँग घाइतेकाे उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार