मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

मर्चवारमा दुर्घटना: घाइतेकाे उपचारका लागि नेता प्रमाेदकुमार यादवद्वारा आर्थिक सहयाेग

Ujyalosandeshonline 12612+ समाचार ( )
१ चैत्र २०८०, बिहीबार

भैरहवा । नेपाली काँग्रेसका युवा नेता तथा रुपन्देही क्षेत्र नम्बर ४ का निवर्तमान सांसद प्रमाेदकुमार यादवले मर्चवारमा ट्याक्टर पल्टिँदा घाइते भएकाहरुकाे उपचारमा कुनै कमि हुन नदिन अस्पताल व्यवस्थापनलाई आग्रह गरेका छन् । साथै उनले घाइतेकाे उपचारका लागि सिद्धार्थनगर सिटी अस्पतालमा पुगेर ५० हजार रुपैया सहयाेग गरेका छन् ।

रूपन्देहीकाे काेटहीमाई-५, मा बिहीबार अपरान्ह भागवत पुजाको लागि जल भर्न गइरहेका सर्वसाधारण बाेकेकाे ट्याक्टर पल्टिँदा २३ जना घाइते भएका थिए । ट्याक्टर दुर्घटनाका घाइतेलाई भैरहवास्थित सिटी र भीम अस्पतालमा उपचार भइरहेकाे छ ।  घाइतेहरु भेट्न अस्पताल पुगेका यादवले उनीहरुकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उपचारमा कुनै कमी हुन नदिने विश्वास दिलाए । 

यादवले अस्पतालकाे खातामा तत्काल ५० हजार रुपैयाँ जम्मा गरेर विरामीकाे उपचारका लागि सहयाेग गरेका हुन् । `मैले अस्पताल व्यवस्थापन र उपचारमा संलग्न चिकित्सकलाई भेटेर आर्थिक अभावले उपचारमा कमी नगर्न भनेकाे छु, आवश्यक आर्थिक व्यवस्थापन हाम्राे जिम्मेवारी भयाे, घाइतेले राम्राे र प्रभावकारी उपचार पाउनुपर्छ भन्नेमा ध्यान पुर्याउन आग्रह गरेकाे छु´, उनले भने ।

काेटहीमाइ-७ बाट जल भर्नका लागि सर्वसाधारण बाेकेर गएकाे लु १ त ५५४७ नम्बरको ट्याक्टर  कोटहीमाई- ५ मा  पल्टिएको हाे । नेता यादवले घाइतेकाे शिघ्रस्वास्थ्यलाभकाे कामना गर्दै आवश्यक सबै सहयाेग गर्ने समेत प्रतिबद्धता जनाएका छन् । अस्पताल व्यवस्थापनले पनि नेता यादवसँग घाइतेकाे उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार