मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

प्याब्सन स्पोर्टस् मिट : ३ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने

Ujyalosandeshonline 12614+ समाचार ( )
२२ माघ २०८०, सोमबार

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङको आयोजनामा माघ २६ देखि २८ गतेसम्म १३औँ संस्करणको ‘प्याब्सन स्पोट्र्स मिट’ हुने भएको छ ।

विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी प्याब्सनले स्पोट्र्स मिटमा प्याब्सनमा आबद्ध मोरङ जिल्लाभरिका २ सय १० वटा विद्यालयबाट ३ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने जनाएको छ ।

अध्यक्ष प्रेमलाल सिंह सुवालका अनुसार ती विद्यार्थीले दर्जनभन्दा बढी विधाका खेल प्रतियोगितामा भाग लिनेछन् ।

प्रतियोगिता अन्तर्गतका खेलहरू सहिद मैदान, विराटनगर जुट मिलको खेलमैदान र एभरेस्ट कलेजको खेल मैदानमा हुनेछ ।

प्रतियोगिताले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन हुन सहयोग गर्ने उनले बताए । स्पोट्र्स मिटमा एथलेटिक्स, टी–टी सिङ्गल इभेन्ट लगायत २५ भन्दा बढी बिधामा खेलका साथै कक्षा दशसम्मको प्याब्सन भलिबल कप हुनेछ ।

यस्तै, प्याब्सन प्रेसिडेन्ट कप यु–१५ फुटबल पनि सञ्चालन हुने जनाइएको छ । फुटबलमा पालिकाबाट विजयी भएर आएका विद्यालयले सहभागी हुने अवसर पाउनेछन् ।

यसैगरी, कक्षा ११ र १२ को छात्र–छात्रा भलिबल प्रतियोगिता पनि हुने भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार