वाणिज्य बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

Ujyalosandeshonline 11490+ समाचार ( )
२० कार्तिक २०८२, बिहीबार

काठमाडौँ  । राष्ट्रिय वाणिज्य बैंकले ‘छ प्रतिशत राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्र-२०८९’ को धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले रु एक हजारका दरले ३० लाख कित्ता बरारबर हुन आउने रकम रु तीन अर्ब बराबरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा कुमारी क्यापिटललाई दिएको हो ।

आज राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा सो सम्बन्धमा सम्झौता भएको छ  । उक्त सम्झौतामा वाणिज्य बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार वाणिज्य बैंकले रु तीन अर्ब बराबरको ऋणपत्र जारी गर्नेछ । सोमध्यको ६० प्रतिशत अर्थात् १८ लाख कित्ताले हुन आउने रु एक अर्ब ८० करोड बराबरको रकम संस्थागत तथा व्यक्तिगत रूपमा तथा  ४० प्रतिशत अर्थात् १२ लाख कित्ताले हुन आउने रु एक अर्ब २० करोड बराबरको रकम सर्वसाधारणका लागि निष्काशन गरिने बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार