मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

धितोपत्र बोर्ड विरुद्ध विप्लवका कार्यकर्ता सडकमा

Ujyalosandeshonline 12463+ समाचार ( )
२३ पौष २०८०, सोमबार

काठमाडौं । धितोपत्र बोर्डभित्रको अनियमितता र बेथिति अन्त्यको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

बोर्डमा विभिन्न नीतिगत भ्रष्टाचार भएको आरोप लगाउँदै नेकपाको उपत्यका ब्युरोले त्यसको सुधारका लागि दबाबस्वरूप प्रदर्शन गरेको बताएको छ ।

काठमाडौंमा धितोपत्रबोर्ड कार्यालय अगाडि विप्लवका कार्यकर्ताले विभिन्न नारा लेखेको प्लेकार्डसहित नाराबाजी गरेका थिए । 

प्रदर्शनमा उनीहरूले ‘सार्वजनिक पदको नियुक्ति पारदर्शी गर’,‘पुँजीबजार शुद्धीकरण गर’,’धितोपत्र बोर्ड अध्यक्षको नियुक्ति पारदर्शी गर’,‘वित्तीय एकाधिकार अन्त्य गरौं’ लगायतका नारा लगाएका थिए ।

नेकपाका कार्यकर्ता अमित शर्माले २० बुँदामा धितोपत्र बोर्डले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै पत्र पढेका थिए ।

उक्त पत्रमा बोर्डले कुनै समूहलाई फाईदा पुग्नेगरी नीति अबलम्बन गरेको, एउटै व्यक्तिले नियमन निकायको प्रमुख बनेर काम गरेको तथा बजार नियमन गर्ने निजी कम्पनी सञ्चालन गर्ने गरेको उल्लेख छ । त्यस्तै धितोपत्र सार्वजनिक निष्कासन तथा विक्री अनुमति विधि र प्रकृया निर्धारण गर्ने कार्यमा ठूलो चलखेल गरेको, लगानीकर्ताको हित सुरक्षण गर्न नसकेकोलगायतका विविध २० बुँदामा असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार