मुख्य समाचार
धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ |

प्रथम स्व. रामलाल पुरी स्मृति भलिबल प्रतियोगिता सुरु, अध्यक्ष केसीद्वारा पुरीका सपना पूरा गर्न आह्वान

अनिल नेपाली 141+ समाचार ( )
२ अशोज २०८२, बिहीबार

अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं ७ का अध्यक्ष चुरा ब. केसीले स्वर्गीय रामलाल पुरीका अधुरा सपनाहरूलाई साकार पार्न सबैले हातेमालो गर्नुपर्ने बताउनुभएको छ । आजदेखि सुरु भएको प्रथम स्व. रामलाल पुरी स्मृति भलिबल प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष केसीले पुरी एक मेहनती, सकारात्मक सोचका धनी, जुझारु, निष्ठावान् र समाजप्रति समर्पित व्यक्ति रहेको स्मरण गर्नुभयो ।

अध्यक्ष केसीले पुरी भौतिक रूपमा हामी माझ नभए पनि उहाँका सपनाहरूलाई साकार पार्न आफू निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पुरीको सपनालाई साकार पार्न सबैलाई निरन्तर सत्कर्म र प्रेरणाको बाटोमा लाग्न आह्वान गर्नुभयो ।

कार्यक्रममा स्वर्गीय पुरीका बुवा हुमलाल पुरी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा पूर्व वडा अध्यक्ष प्रितम बहादुर थापा लगायत समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजीवी, खेलप्रेमी, शुभेच्छुक र स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो ।

खाँचीकोट सेवा समाजको आयोजना तथा बागमारा सामुदायिक क्लबको सहजीकरणमा सम्पन्न भएको यस कार्यक्रम नारायण पुरीको अध्यक्षतामा भएको थियो । प्रकाश थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने कमल केसीले स्वागत मन्तव्य दिनुभएको थियो। प्रतियोगितामा उल्लेख्य संख्यामा प्रतिस्पर्धीहरूको सहभागिता रहेको छ। २०८२ सालमा ट्रिपर दुर्घटनामा परी २७ वर्षको उमेरमा निधन हुनुभएका स्वर्गीय पुरीकी श्रीमती र एक छोरी हुनुहुन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार