मुख्य समाचार
ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ | अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह | राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा | मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन | औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी | ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह | डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु | ‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक |

ओझेलमा तातोपानी गुफा

दान बहादुर बुढा 45+ समाचार ( )
२३ माघ २०८१, बुधवार

मुगु । मुगु जिल्लाको सोरु गाउँपालिका–६ मा रहेको तातो पानी गुफा प्रचारप्रसार र स्थानीयतहको नजरमा नपर्दाओझेलमा परेको छ। यो क्षेत्र पर्यटन को आकर्षक केन्द्र भएपनि आवश्यक पूर्वाधार नहुँदा ओझेलमा परेको हो ।

नेपालमा पर्याप्त पर्यटकीय क्षेत्र भएपनि मुगु जिल्लामा नेपालका ठूलो ताल रारा सँगै विश्वको चार धाम मध्यको एका धाम अथार्त सती देबीको अन्तिम अंगपतन भएको छाँया नाथ धाम पनि यही मुगु जिल्लामा रहेको छ । 

यस्तै धार्मिक तथा सांस्कृति इतिहास बोकेको पर्यटकीय क्षेत्र भएको एक जिल्ला मुगु भएपनि केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानिय सरकाहरुले चासो नदिँदा मुगु जिल्लामा रहेको धेरै पर्यटकीय क्षेत्र ओझेलमा परेका छन् । यही अन्र्तगत रहेको सोरु गाँउपालिका वडा नम्बर ६ जिमा तातो पानी गुफा पर्यटक प्रचार प्रसारको पर्खाइमा बसेको छ ।

मुगुको सदरमुकाम गमगढी बजार देखि दुई घन्टा गाडीमा र ५ मिनेट पैदल हिँडेर तातो पानी गुफा पुगिन्छ । यो गुफा ठूलो पहाडको मुनि सानो एक मान्छे छिर्न सक्ने प्वाल जस्तो छ तर प्वाल भित्र गए पछि २ सय भन्दा बढी मान्छेहरू हिँडडुल गर्न सकिने ठाउँरहेको छ ।

विशेष गरी पुस महिनाको पुसे पूर्णिमाको दिन स्थानीय मेलालाग्ने र केटा केटीले देउडा खेल्ने आफन्तहरु संग भेटघाट गर्ने भला कुसारी सँगै नाच गान गर्ने र रातभर रमाइलो गरेपछि गुफा मुनि रहेको तातो पानीमा नुहाउने चलन छ ।

त्यसमानुहाएपछिबाथ रोग, टाउको तथा पेट दुख्ने,घाउखटीराजस्ता रोग निको हुने भएको हुदाँ धेरै जसो मानिसहरु पुस पूर्णिमाको दिन यस तातोपानिगुफमाआउने गर्छन् । 

अन्यमाघ,फाल्गुनमहिनामापनिदैनिक ३० देखी ४० जना सम्म मानिसहरु यस तातोपानिमानुहाउनर गुफा हेर्नआउनेगरेको सोरु गाँउपालिका–६ का धनकर्ण मल्लले बताएकाछन ।

गुफालाई प्रचारप्रसार गर्न नसकेको र विगतकावर्षहरूमातातोपानीगुफाव्यवस्थित र प्रचारप्रसार गर्नका लागिडिभिजन बन कार्यालय मुगुबाट७लाखको बजेटले तातोपानिधारा मर्मत भएपनिखासै तातोपानि र गुफाको व्यवस्थापनहुन सकेन । तातोपानी र गुफाकोबारेमा स्थानीय सरकारको ध्याननगएको स्थानीयवासीको गुनासो छ।

तातोपानी र जिमागुफाको फरक विशेषता रहेको छ । यो गुफामाचमेराहरुपनि रहेकाछन् भने गुफाको भित्रभगवानकाफोटाहरु,पशुचौपाएकामुखजस्ताविभिन्नफोटा समेत रहेका छन । 

गुफा सँगै जोडीएको तातोपानिको प्रचार प्रचार र पर्यटकहरुलाई समय बिताउनेखालकापूर्वधारहरु निमार्ण गर्ने हो भनेयस क्षेत्रमा धेरै अन्तरिक पर्यटकहरुको साथै स्थानीयबासीहरुले उत्पादन गरेका रैथाने अन्नबालीकागुर्ने,चिनो,मास,सिमी,रातो चामलबिक्रिहुनेस्थानीय समाज सेतिताराचन्द्र चौलागाईले बताएकाछन ।

गुफासहिततातोपानिको पूर्वधार क्षेत्रमा संरक्षण गर्नको लागिपालिकाबाटडिपीआर निर्माणभई सकेको छ । संघिय र प्रदेश सरकार संग बजेटको पहलभईरहेको छ ।यदीअन्यनिकायबाट बजेट जम्मागर्न नसके पालिकाको बजेट बाटगुफा र तातोपानिको संरक्षण गर्ने कार्य अगाडिबढी रहेको छ । सोरु गाँउपालिका भित्र रहेका धार्मिक सास्कृतिक पर्यटकीय क्षेत्रहरुको प्रचार प्रचार गरी आन्तरिक पर्यटकहरुको वृद्धि गरी स्थानीयबासीहरुको आयआर्जनमा परिवर्तन ल्याउने खालका कार्यक्रम अगाडी बढाउने खालको योजना हरु पालिकाबाट तय गरिएको सोरुगाँउपालिकाकाअध्यक्ष धर्मबहादुर शाहीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार