मुख्य समाचार
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न सरकार कटिबद्ध छ: सांसद पुनम अग्रवाल | पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध | चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन | विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी | भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता | नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित | सडक सुरक्षामा ध्यान दिन प्रहरीको आग्रह | भैरहवामा लगानीकर्ता सचेतना तथा पूँजीबजार साक्षरता कार्यक्रम सम्पन्न | नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू | कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने |

कम्युनिस्ट आन्दोलनको तेस्रो पुनर्गठन आवश्यक छ : जनार्दन शर्मा

Ujyalosandeshonline 12490+ समाचार ( )
११ पौष २०८१, बिहीबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कम्युनिस्ट आन्दोलनको तेस्रो पुनर्गठन आवश्यकभएको बताएका छन् । चिनियाँ नेता माओत्सेतुङको जन्मजयन्ती अर्थात माओ दिवसका अवसरमाबिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले कम्युनिस्ट आन्दोलनलाई गतिशील बनाउँदै हालको राजनीतिक परिप्रेक्ष्यलाई सम्बोधन गर्न पुनर्गठन अपरिहार्य भएको बताएका हुन्।

उनले भने, ‘आज कम्युनिस्ट आन्दोलनको तेस्रो पुनर्गठनको आवश्यकता छ। पुनर्गठन हुनत ०६४ सालबाट प्रारम्भ गर्न खोजिएको हो। ०६४ मा सिंगो वाम शक्तिलाई एकताबद्ध गर्ने उद्देश्यले चुनावी तालमेल गरियो र ०६५ मा एकता गरेर अघि बढ्ने प्रक्रिया सुरु भएको हो।’

‘त्यतिबेलाको नीति र उद्देश्यमा कुनै त्रुटि थिएन। तर नेतृत्व तहमा देखिएको समस्या र आपसी खिचातानीका कारण त्यस अभियानले सफल रुप लिन सकेन’, उनले भने, ‘नीतिगत रुपमा त्यहाँ गलत थिएन । नेतृत्वको समस्या, नेतृत्वको कमजोरी, नेतृत्वको गलत समस्याको खिचातानीले त्यो सफल हुन सकेन ।’ शर्माले नेतृत्वको कमजोरी र मतभेदकै कारण वाम आन्दोलनले आफ्नो अपेक्षित उपलब्धि हासिल गर्न नसकेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार