मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

‘प्रदेश संरचना बार्गेनिङकर्ताहरुको भारी बिसाउने चौतारी’

Ujyalosandeshonline 12444+ समाचार ( )
१६ माघ २०८०, मङ्गलबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको प्रदेश संरचना बार्गेनिङकर्ताहरुको भारी बिसाउने चौतारी बनेको टिप्पणी गरेका छन् । 

कर्णालीका नेता कार्यकर्तासँग चियापान तथा भेटघाट गर्न पार्टीद्वारा मंगलबार स्वयम्भूमा आयोजित कार्यक्रममा उनले प्रदेश संरचनाको विकल्प खोज्न एक मिनेट पनि ढिला गर्न नहुने बताए । रास्वपा गठनदेखि नै प्रदेश सरकार संरचनाको विपक्षमा छ । त्यसैले विगतको निर्वाचनमा प्रदेश सभातर्फ उम्मेदवारी नै दिएको थिएन । 

लामिछानेले प्रदेश सरकारको संरचनाप्रति आफ्नो विमति दोहो¥याए । ‘स्वार्थ नै स्वार्थको भारी बोकेर जो आउनुहुन्छ त्यो भारी पार्टीले बोक्नुहुँदैन । त्यो देशकै ठूलो भारी हुन्छ । जसरी अहिले ठूला दलका नेता देशका भारी बनेर बसेको छन् । र अहिले काम गर्नुपर्ने प्रदेश संरचना संविधानले परिकल्पना गरेको एउटा र अहिले भएको संरचना त्यही भारी बार्गेनिङकर्ताहरुको भारी बिसाउने चौतारी बनेको छ,’ उनले भने, ‘यही प्रदेश संरचनाले काम गर्ने भए कर्णालीमा काम हुनुपथ्र्यो, सुदूरपश्चिममा काम हुनुपथ्र्याे, मधेशमा काम हुनुपथ्र्याे । आज हेर्नुस् मैले बोल्नुपर्दैन, सूचकांकहरुले भनेका छन् । अहिलेको प्रदेश संरचनाको विकल्प खोज्न एक मिनेट पनि ढिला गर्नुहुँदैन ।’ 

सभापति लामिछानेले जनताको आशा र भरोसा रास्वपासँग भएको दाबी गर्दै मिसन नै बनाएर गरेको आफूमाथि भइरहेका आक्रमणलाई नटेर्ने तर्क गरे । प्रश्न उठेको कारण सडकमा, सदनमा र समितिमा एक–एक शब्द नापेर काम गरिरहेको भन्दै प्रश्न सोध्न नछाड्न उनले आग्रह गरे । 

‘जनताको आशा नै रास्वपासँग छ, अरु कसैसँग आशा नै छैन । आशा नै नभएको दललाई अहिले कसले प्रश्न सोध्छ र ? पुराना दलले घूस खायो भन्दा कुनै चासोको विषय नै बन्दैन । खान्थे खाए भन्छन्, कसैले वास्ता नै गर्दैनन् । तर, हाम्रा माननीयहरूको कहीँ सानो कुरा आउँदा पनि कत्रो समाचार बन्छ । खासमा हामीलाई खेदेको होइन । रास्वपाप्रति आशा र भरोसा भएकाले यिनीहरू पनि बिग्रिएका हुन् कि भनेर हामीलाई सच्चिने ठाउँ दिएको हुनसक्छ,’ उनले भने । 

आफूमाथि लागेका आरोपका विषयमा लामिछानेले निराधार भएको तर्क गरे । ‘मिसन नै बनाएर गरेको आक्रमणलाई त म टेर्दा पनि टेर्दिनँ । तर आशा र भरोसा गरेको हरेक प्रश्नको म सम्मान गर्छु,’ उनले भने, ‘आज त्यही प्रश्न उठेको कारण गल्ती ग¥यौ कि भनेर बोल्दा, हिँड्दा, खाँदा सडकमा, सदनमा र समितिमा एक–एक शब्द नापेर हिसाब गरेर हामी काम गरिरहेका छौं । त्यो तिनै प्रश्नले हो, प्रश्न सोध्न नछाड्नुहोला ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार