गुल्मी अर्खलेकी पाण्डेको परिवारलाई मृत्यु दाबि भुक्तानी

मनु सुनार 31+ समाचार ( )
२६ भाद्र २०८१, बुधवार

गुल्मी  । गुल्मी अर्खलेकी सीता पाण्डेको बुटवलमा छाडा पशुचौपाय(गोरु)ले हानेर गत साउन २४ गते ४७ वर्षको उमेरमा ज्यान गयो । रेसुंगा नगरपालिका वडा नं.४ अर्खलेकी पाण्डे बुटवलको गोलपार्कमा चिया पसल सञ्चालन गरी व्यवसाय गर्दै आउनुभएको थियो । 

पाण्डे रेसुंगा नगरपालिका वडा नं.१ क्याम्पसरोडमा रहेको लेकाली स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा शेयर सदस्य हुनुहुन्थ्यो । त्यस सहकारीले नेको इस्योरेन्स तम्घास शाखामा आफ्ना सम्पूणर् शेयर सदस्यहरुको १/१ लाखको दुर्घटना बिमा गरेको थियो । 

सोही अनुसार मृतक पाण्डेका परिवारलाई सहकारीबाट दुर्घटना बिमा गरिएकाले मृत्युदाबी बापतको १ लाख रुपियाँ हस्तान्तरण गरिएको छ । लेकाली साकोसमा शेयर सदस्य ३ हजार ९ सय, बाल शेयर सदस्य ११ सय ६८ जना रहेका छन्  । सम्पूणर् शेयर सदस्यहरुको दुर्घटना बिमा गरिएको व्यवस्थापक कल्पना बस्नेतले जानकारी दिनुभयो । यस सहकारीले विगत ४ चार वर्ष देखि यो कार्यक्रम सञ्चालन गरेको छ । 

यस अघि २०७७ साल बैशाख १ गते प्युठानको स्वर्गद्वारीमा जीप र्दुटनामा परी मृत्यु हुनुभएका लेकाली साकोसका शेयर सदस्य ईश्वरी भण्डारी, छल्दीको छिनुवा खोलामा भएको मोटल साइकल दुर्घटनामा परी मृत्युहुनुभएका अर्का सेयर सदस्य राम बहादुर कुँवरको परिवारलाई पनि सोही कार्यक्रम अन्र्तगत यस अघि १/१ लाख रुपियाँ मृत्युदाबी भुक्तानी रकम हस्तान्तरण गरिएको थियो । 

त्यस सहकारीले बिमा कम्पनीमा सबै सेयर सदस्यहरुको दुर्घटना बिमा गरेको थियो । दुर्घटनामा अकालमै ज्यान गुमाउनुभएकी पाण्डेको परिवारलाई मृत्युदाबी भुक्तानी रकम हस्तान्तरण गरिएको नेको इन्स्योरेन्स कम्पनी गुल्मी शाखा प्रमुख भरत चन्दले जानकारी दिनुभयो ।

‘मृतकलाई जीवित बनाउन त सक्दैनौं । तर पनि मृतकका परिवारलाई केही भएपनि आर्थिक सहायता मिलेको छ ।’-चन्दले भन्नुभयो, ‘दुर्घटना बिमा गर्नाले पीडित परिवारको घाउमा थोरै भएपनि मलमको काम गरेको छ ।’

सहकारीले यसका अलवा आफ्ना सेयर सदस्यहरुको मृत्यु भएमा समवेदना कोषबाट आर्थिक सहयोग, वृद्धा भत्ता, दैवि प्रकोपको घटनामा आर्थिक सहयोग, सदस्यहरुलाई जटिल प्रकारको रोग लागेमा स्वास्थ्य उपचार सहयोग र विभिन्न अस्पतलमाहरुसँग सम्झौता गरी आफ्ना सेयर सदस्यहरुको उपचारका लागि छुट सुविधा समेत प्रदान गर्दै आइरहेको व्यवस्थापक बस्नेतले बताउनुभयो । 

यस्तै सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत धार्मिक तथा पर्यटकीय स्थलहरुमा लेकाली चौपारी विश्राम स्थलको निर्माण गरेको समेत छ । त्यस सहकारीका अध्यक्ष गोपाल पन्थी, लगायतका सञ्चालन समिति सदस्यहरुले उक्त रकम हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार