मुख्य समाचार
भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा | हावाहुरीले मर्चवारीमाईमा केरा खेती नष्ट: कृषक यादवको लाखौंको क्षति | मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित | उत्तरयाधामको शिवलिङ्को मूर्ति | तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ | हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति | पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति | पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी | महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा | एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’ |

सिद्धार्थनगरको ई–रिक्सा व्यवस्थापनमा सक्रियता

Ujyalosandeshonline 11506+ समाचार ( )
१४ कार्तिक २०८१, बुधवार

भैरहवा । नगरको ट्राफिक व्यवस्थापनमा मुख्य चुुनौतीको रुपमा देखिएका अटो–टेम्पो तथा विद्युतीय रिक्सा (ई–रिक्सा) व्यवस्थापनमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सक्रियता देखाएको छ । हालै मात्र लुम्बिनी रोड, शान्तिनगरस्थित परासीरोड तथा बेलहियामा हुँदै आएको ठुला सवारीसाधनको अव्यवस्थित पार्किङलाई व्यवस्थित गरेको सिद्धार्थनगरले अब अटो टेम्पो तथा ई–रिक्सालाई पनि त्यसै गरी व्यवस्थित गर्न लागेको हो । 

सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले नगरमा व्यवस्थित पार्किङ गरी ट्राफिक व्यवस्थापन गर्ने, नगरलाई सुन्दरीकरण गर्ने, सही भाडादर लागू गर्ने जस्ता विषयहरु जोडिएकाले अटो–टेम्पो तथा ई–रिक्सा व्यवस्थापनमा सबैले सहयोग पुर्याउनुुपर्ने बताए । उनका अनुसार सबै सरोकारवालाहरुको सर्वपक्षीय छलफलबाट बिनादर्ता र अव्यवस्थित रुपमा भैरहवा क्षेत्रमा सञ्चालन हुँदै आएका अटो–टेम्पो तथा ई–रिक्सालाई व्यवस्थित गर्न सिद्धार्थनगर नगरपालिकाले मापदण्ड तयार पारिसकेको छ । उक्त मापडण्ड अनुसार सिद्धार्थनगरमा बढीमा ५ सय अटो तथा ई–रिक्सा सञ्चालन हुनेछन् । ती सबै नगरपालिकामा अनिवार्य दर्ता हुनुुपर्नेछ । यसमध्ये अहिले ३ सय ८० अटो तथा इ–रिक्सा दर्ता भइसकेका छन् ।

दर्ता हुन बाँकी रहेका १ सय २० वटा अटो तथा ई–रिक्साका लागि नगरपालिकाले यही कार्तिक २० देखि ३० गतेभित्र दर्ता गरिसक्न सूचना प्रकाशित गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले अटो–टेम्पो तथा ई–रिक्सासँग सम्बन्धित मापदण्ड पूर्णरुपमा कार्यान्वयनमा लगिने भएकाले मापदण्ड पूरा भएका सम्बन्धित व्यवसायीले समयमै आफ्नो सवारी दर्ता गरी रुट इजाजत लिन आग्रह गरे ।

नगरपालिकामा दर्ता हुनका लागि सम्बन्धित व्यवसायीसँग ब्लू–बुक, सवारीचालक अनुमतिपत्र र बीमालाई अनिवार्य गरिएको छ । गैरनेपाली नागरिक र बिना दर्ताका अटो टेम्पो तथा ई–रिक्सा सञ्चालनमा भने प्रतिबन्ध लगाइएको छ । त्यसपछि दर्ता प्रक्रियाको समय सकिएपछि कडाइका साथ अनुुगमन गरिने उनले बताए । 

मापदण्ड अनुसार मुख्य सडकबाहेक किनाराका सर्भिस लेन र नगरका भित्रि सडकमा सञ्चालन गर्नुपर्ने, रुट इजाजत लिनुपर्ने, यात्रुसँग निर्धारित भाडा मात्र लिनुपर्ने, तोकिएको स्थलमा मात्र पार्किङ गरिनुपर्ने, नगरपालिकामा दर्ता भएको संकेत सवारीसाधनको अग्रभागमा राख्नुपर्ने लगायतका मापदण्ड छन् । नगरभित्रका सडकको क्षमता, स्थानीय नगरबासीको आवश्यकता र औचित्यको आधारमा मात्र दर्ता गरी सञ्चालन गरिने थापाले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार