मुख्य समाचार
चट्याङ लागेर युवतीको मृत्युु | ‘चिनीलगायत अत्यावश्यक वस्तुको नियमित आपूर्ति गराउँछौँ’ | भैरहवामा जेठ ९ र १० गते 'सिद्धार्थ फुड एण्ड फन' महोत्सव हुने, राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने | फुटपाथ निर्माणकार्य गरिँदै | मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण | लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ | आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै | व्यावसायिक तरकारी खेती | गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन हुने | मलको अभाव अन्त्य गर्न स्वदेशमै कारखाना खोलौँ, हरेक वर्ष रोएर बस्ने होइन : सांसद ताहिर अली भाट |

‘चिनीलगायत अत्यावश्यक वस्तुको नियमित आपूर्ति गराउँछौँ’

Ujyalosandeshonline 11282+ समाचार ( )
२ जेठ २०८३, शनिबार

काठमाडौँ । सरकारले आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने चिनीलगायत अत्यावश्यक वस्तुको आपूर्ति तथा मूल्य स्थिरता कायम गर्न पूर्णरूपमा प्रतिबद्ध रहेको जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले उपभोक्ता एवम् सरोकारवालामा चिनीलगायत दैनिक उपभोग्य वस्तु अनावश्यक सञ्चिति नगर्न आग्रह गर्नुभएको छ ।

पछिल्लो पटक भारत सरकारले चिनी निर्यातसम्बन्धी नीतिगत व्यवस्थामा परिवर्तन गरी निर्यातमा प्रतिबन्ध लगाएको विषयप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले उपभोक्ताको हित, बजार मूल्यको स्थिरता तथा चिनीको सहज उपलब्धतालाई प्राथमिकतामा राखी आवश्यक कार्य गरिरहेको स्पष्ट पार्दै मन्त्रालयले सहज तथा सुलभ मूल्यमा नियमित आपूर्तिका लागि पहल भइरहेको  बताएको छ । हाल सञ्चालनमा रहेका चिनी उद्योगबाट उत्पादन भई मौज्दातमा रहेको परिमाण र हालसम्म आयात भई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलगायतसँग करिब आठ महिनाको माग धान्ने अवस्था छ ।

नियमित बजार अनुगमन, आपूर्ति व्यवस्थापन तथा निकायगत एवम् तहगत समन्वयलाई थप प्रभावकारी बनाउँदै बजारमा कृत्रिम अभाव, कालोबजारी, अनुचित मौज्दात तथा अस्वाभाविक मूल्यवृद्धि हुन नदिन मन्त्रालय प्रतिबद्ध रहेको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । चिनीमा आत्मनिर्भरताका लागि चिनी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न सरकार प्रयासरत रहेको स्पष्ट पारिएको छ ।

मन्त्रालयले कृषि, वन तथा पर्यावरण मन्त्रालयले उन्नत जातका उखुमार्फत उत्पादनको दक्षता वृद्धि, नवप्रवर्तन, आधुिनक प्रविधिको प्रयोगका लागि किसानलाई सहजीकरण गर्ने मन्त्रालयले तयारी गरेको छ । यसैगरी, उत्पादन प्रवद्र्धन, आपूर्ति व्यवस्थापन, बजार अनुगमन र नियमनलाई प्रभावकारी बनाइने प्रवक्ता सुवेदीले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै