मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

विराटनगरमा शंकास्पद ‘विष्फोटक’ भेटियो

Ujyalosandeshonline 11005+ समाचार ( )
१ फाल्गुन २०८०, मङ्गलबार

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका–३ मा विष्फोटक पदार्थ राखिएको जस्तो अवस्थामा प्रेसर कुकर फेला परेको छ । टेपले बाँधेको प्रेसर कुकर बेवारिस अवस्थामा भेटिएको हो ।

हिजो साँझ उक्त बस्तु देखिएपछि प्रहरी टोली सोही क्षेत्रमा बसेर निगरानी गरेको थियो । उक्त स्थान आसपास क्षेत्रमा आवतजावतमा रोक लगाएर निगरानी गरिएको हो ।

उक्त शंकास्पद ‘कुकर बम’ डिस्पोज गर्न नेपाली सेनाको टोली परिचालन गर्ने तयारी भएको जनाइएको छ ।

सेनासँगको समन्वयमा उक्त शंकास्पद बस्तुबारे अनुसन्धान र आवश्यक परे डिस्पोज गर्ने तयारी भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

उक्त शंकास्पद बस्तु राख्ने काममा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु यसअघि नेत्रविक्रम चन्द विप्लव समूहमा आवद्ध रहेको खुले पनि उनीहरुबारे विस्तृत विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।

उनीहरुले विप्लव समूहबाट अलग भएर विद्यालय र अरु संस्थाहरुमा चन्दा आतंक मच्चाइरहेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार