मुख्य समाचार
स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित भारतीय पक्राउ | काठमाडौंमा शिक्षक आन्दोलन हुँदा मुगुका विद्यार्थी अन्योलमा | शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा | बैशाखमा ८ अस्पतालमा १५ सेवा थप तथा विस्तार गर्ने | पोषणका लागि रैथाने बालिको प्रयोग बढाऔं : मुख्यमन्त्री आचार्य | एक जनाको शव भेटियो, दुई जना अझै वेपत्ता | व्यवसायी भन्छन्- फुटपाथ व्यापार हटाउने नाममा नगर प्रहरीले ज्यादती गर्‍यो | पर्यटकको रोजाइमा हरित उपत्यका खुम्जुङ | रूपन्देहीको दानव नदिमा तीन बालक वेपत्ता | गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु, मुख्यमन्त्रीद्धारा दुःख व्यक्त |

पछुवा हावाको प्रकोप, रोहिणीको ९ गाउँमा आगलागी

राधेश्याम विश्वकर्मा 45+ समाचार ( )
९ वैशाख २०८१, आइतबार

भैरहवा । तराईमा लामो समय देखि पानी नपर्दा यसको असर देखिन थालेको छ । पानीको अभाव संगै सुख्खा भएको मौषम र बिगत केही दिन देखि तिव्र गतिको पछुवा हावाको कारण रुपन्देहीको बिभिन्न स्थानमा आगलागी भई चौपाया, अन्नबाली एवम घरहरुमा क्षति भईरहेको छ । 

शनिबार रोहिणी गाउँपालिका वडा नम्बर ६ मा भएको आगलागी ९ वटा गाउँमा फैलिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी मनोहर भट्टले जानकारी दिए । दिउसो साढे १ बजे गहँुको नलबाट सुरु भएको आगलागी हावाहुरीको कारण फैलिदा बिष्णुपुरा, पर्सा, बुची, बरवा, तर्कुलहा, कोटहवा, चम्कीपुर हुदै प्रिप्रहवालाई आफ्नो चपोमा लिएको थियो । 

मानविय घटना नभए  पनि ९ वटै गाउँमा अधिकांश कच्ची घर जलेका छन् । बाख्रा, गाई, भैसी, अन्नबाली, लत्ताकपडा समेत जलेका छन् । डिएसपी भट्टका अनुसार उक्त घटनामा परि ४० वटा घर जलेका छन् । आगोमा परि ३९ वटा बाख्रा र १ वटा भैसी मरेका छन् । 

नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, देवदह नगरपालिकाको दमकल र स्थानियहरुको प्रयासले साँझ ७ बजे मात्र आगलागी नियन्त्रणमा आएको उहाले बताए । 

आगलागीको घटना जिल्लाभरिबाट नै आएको भट्ट बताउछन् । गैडहवा गाउँपालिकामा पनि आगलागीमा लाखौको क्षति भएको छ । वडा नम्बर ७ सिसैं बस्ने बाले मिन्द्र लोधको फुस (खर) ले छाएको गोठमा बिद्युतको तार सट् भएर आगोलागी भएको थियो । उक्त गोठ भित्र रहेका ९ वटा बाख्रा सहित ३ लाख बढीको क्षति भएको प्रहरीको भनाई छ । 

लुम्बिनी साँस्कृत नगरपालिका ९ पिपरामा खेतमा रहेको गहुँको ठुटा जलाउने क्रममा लागेको आगोे होटेल पवन प्यालेसको कम्पाउण्ड भित्र छिरेको थियो । यसबाट प्लाईबोडहरू, लत्ताकपडा,भाडाबर्तन, खाद्यान्न समेत जली पुर्ण रुपमा नष्ट अन्दाजी ७ लाख बराबरको क्षती भएको भट्टले बताए ।  

गैडहवा गाउँपालिका वडा नम्बर ४ गैडहवा ताल सामुदायिक वन, देवदह नगरपालिका –१० चरङगे बस्ने बम बहादुर थापाको खरले छाएको भान्छामा पनि आगोलागी भएको थियो । 

सैनामैना नगरपालिका वडा नम्बर १० जर्लैया राजापानीमा रहेको सामुदायिक वनमा लागेको आगो वस्तीमा पसेको थियो । यसले स्थानिय धर्म परियार, बृहस्पति कार्की, नर बहादुर मगरको गोठ र कच्ची घरमा क्षति पु¥याएको छ । 

लुम्बिनी सांस्कृतिक नगरपालिका १३ सुक्रौली मुडीलाका किसुन नारायण यादवको पक्की घर, फुसले छाएको गोठमा पनि आगो लागेका थियो । 

सुख्खा मौषम सुरु भए संगै डढेलो र आगलागीका घटना बढ्न सक्ने भन्दै प्रहरीले यसबाट सावधान हुन आग्रह गरेको छ । खेतमा रहेको गहँुको ठूटो नजलाई व्यवस्थापन गर्न र स्थानियहरु सचेत हुनुपर्ने  डिएसपी मनोहर भट्टको भनाई छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार