मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

मानपकडीमा पनि इलाका प्रशासन कार्यालय
भ्रष्टाचार बिरुद्धको अभियानमा बिश्राम लाग्दैन : गृहमन्त्री श्रेष्ठ

Ujyalosandeshonline 12444+ समाचार ( )
२० फाल्गुन २०८०, आइतबार

भैरहवा । नेपाल सरकारका उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनका सन्र्दभमा भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासनमा ठूला अभियान चालेको बताउदै त्यो अभियानलाई बिश्राम नलाग्ने बताएका छन् । 

आईतबार रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ५ मानपकडीमा ईलाका प्रशासन कार्यालयको उद्घाटन गर्दैै मन्त्री श्रेष्ठले विकास र समृद्धिको हकमा साधन श्रोतको सीमाका कारण गुणात्मक रुपमा विकास गर्न नसकेको बताए । उनले अर्थतन्त्रलाई लयमा ल्याई समृद्धिलाई फड्कोकारी ढङ्गमा अगाडी बढाउनका लागि पहल जारी रहेको बताए ।  

“पूंजि निर्माणको समस्या, पूंजिगत खर्च कार्यान्वयन क्षमता अभिवृद्धिको समस्या र व्यपार घाटा कम गर्ने समस्या रहेको छ, यसको लागि हामीले केन्द्रित भएर अभियानको रुपमा काम गर्नुपर्ने आवश्यकता छ ।” श्रेष्ठले भने “यसको लागि सरकार गम्भिर छ, हामी यसमा ध्यान दिएर लागिरहेका छौं ।” 

उनले आन्तरिक सुशासन कायम नगरिकन भ्रष्टाचारको प्रभावकारी नियन्त्रण तथा जनतालाई सहज सेवा प्रवाह हुन नसक्ने बताए । सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूल मन्त्र मानी अगाडी बढेको मन्त्री श्रेष्ठले बताए ।  समृद्धिलाई फड्कोकारी ढङ्गबाट अगाडी बढाउनको लागि सुशासन आवश्यक रहेको उनको भनाई थियो । 

२०७९ चैत्र ६ गतेको निर्णय अनुसार ईलाका प्रशासन कार्यालय मानपकडीमा राख्ने तय भएको थियो । त्यसको करिब ९ महिना पछि २०८० पुस ३ गते कार्यक्षेत्र विस्तार एवम कार्यालय व्यवस्थापन गर्ने गरि गृहमन्त्री स्तरको निकाय भए पछि मात्र इलाका प्रशासन कार्यालयको स्थापना गरिएको हो ।

ईलाका प्रशासन कार्यालय मानपकडीबाट  शुद्धोधन गाउँपालिकाको ७ वटै वडा, गैडहवा गाउँपालिकाको ९ वटै वडा, सियारी गाउँपालिकाको वडा नम्बर ४,५,६ र ७ तथा मायादेवी गाउँपालिकाको वडा नम्बर १ र २ गरि २२ वटा वडाका स्थानियहरु सेवा लिन सक्ने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । उनले यो केन्द्रबाट करिब १ लाख २९ हजार जनाले सेवा लिने गरि कार्यालयको स्थापना गरिएको बताए । यस सहित रुपन्देहीमा ईलाका प्रशासनको संख्या ३ पुगेको छ । रुपन्देहीको बुटवल उप–महानगर पालिका र कोटहीमाई गाउँपालिकामा यस अघि देखि नै ईलाका प्रशासन कार्यालयहरु रहेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता, जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष उमाकान्त चपाई, शुद्धोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले कार्यक्रममा बोल्दै लामो समयको प्रयास पछि ईलाका प्रशासन कार्यालयको स्थापनाले क्षेत्रका बासिन्दा हर्षित रहेको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार