मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

Ujyalosandeshonline 12457+ समाचार ( )
५ जेठ २०८३, मङ्गलबार

काठमाडौँ । सांसद टीका सङ्ग्रौलाले कर्णाली र सुदूरपश्चिम क्षेत्रको विकासको निम्ति राज्यले लगानी बढाउनुपर्ने माग गर्नुभएका छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उहाँले भन्नुभयो, “ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ, सहरमा अवसरको बहस भइरहँदा मधेसका युवा तातो घाममा बेरोजगार हिँडिरहेका छन्, राजधानीमा डिजिटल प्रविधिको कुरा चलिरहँदा नेटवर्क समस्याका कारण फोनमा कुरा गर्न पनि रुखमा चढ्नुपर्ने अवस्था छ, सुदूरपश्चिका पहाड विकासको तीव्र प्रतीक्षामा छन् ।”

सांसद प्रा डा चन्द्रमोहन यादवले भन्नुभयो, “धनुषा निर्वाचन क्षेत्र नं ४ स्थित मिथिला नगरपालिकाको वडा नं ७ मा डेडिकेटेट ट्रमा सेन्टरका लागि करिब चार बिघा जग्गा प्राप्ति भइसकेको छ, तर अहिलेसम कहाँ फाइल अड्किएको हो भन्ने थाहा पाउन सकिएको छैन, हाम्रो जस्तो देश, जहाँ शिक्षा र स्वास्थ्यमा बढी लगानी हुनुपर्छ, त्यसैले डेडिकेटेट ट्रमा सेन्टर निर्माणको काम अगाडि बढाउन माग गर्दछु ।”

सांसद जगतप्रसाद जोशीले सडक निर्माण, पुनर्निर्माण, स्वास्थ्यचौकी, खानेपानी ट्ङ्याकी निर्माणलगायत विकास निर्माणमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनमा वाचा गरेका छौँ, सडक ठिक समयमा बन्नेछन्, भ्रष्टाचार बन्द हुनेछ, औसत आयमा वृद्धि हुनेछ, शिक्षाको सूचकाङ्क वृद्धि हुनेछ, यी सबै उपलब्धि पूरा हुन सबै काम समयमा पूरा हुन जरुरी छ, त्यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच मिलेमतो हुन जरुरी छ ।” सांसद जगदीश खरेलले ललितपुर जिल्लाका विभिन्न स्थानबाट मूर्तिकलाहरू चोरी भएको जनाउँदै कला र संस्कृतिको संरक्षणमा ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो ।

 त्यसैगरी, सांसद जगदीश खरेल (दोलखा), जनकराज गिरी, जनकसिंह धामी, झविलाल डुम्रे, ठाकुरसिंह थारू, तारा विश्वकर्मा, ताहीर अली भाट, तौफिक अहमत खान, दीपककुमार साह (सुनसरी), धनन्जय रेग्मी, धनेन्द्र कार्की, धर्मराज केसी, ध्रुवराज राई, नरेन्द्रकुमार केरुङ, नरेन्द्रकुमार गुप्ता, नितिमा भण्डारी (कार्की), निरासा चौधरी (डगौरा), निशा डाँगी, निश्कल राई, नीनुकुमारी कर्ण, पवित्रा विक, परशुराम तामाङ, पार्वती विक, पुकार बम, पुरुषोत्तम सुप्रभात यादव, पुष्पाकुमरी चौधरी, प्रकाश गौतम, प्रकाश पाठक, प्रदीप विष्ट, प्रभा ढकाल, प्रमिलाकुमार गच्छदार, प्रमिला कुलुजु, प्रशान्त उप्रेती, प्रेमबहादुर बयक, प्रेमलाल चौधरी, बदनकुमार भण्डारी र बब्लु गुप्तालगायतले स्थानीय तथा राष्ट्रिय समस्याका बारेमा सदन मार्फत सरकारलाई अवगत गराउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार