मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

ओमसतियामा गाउँपालिकाको आधुनिक प्रशासनिक भवनको शिलान्यास

Ujyalosandeshonline 12456+ समाचार ( )
५ असार २०८३, शुक्रबार

भैरहवा । ओमसतिया गाउँपालिकाले आफ्नो प्रशासनिक कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यका साथ नयाँ प्रशासनिक भवनको निर्माण कार्य अघि बढाएको छ। गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी नयाँ प्रशासनिक भवनको शिलान्यास तथा भूमिपूजन कार्य भव्यताका साथ सम्पन्न गरेको हो। उक्त आधुनिक भवनको शिलान्यास गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवले गर्नुभएको हो।

शिलान्यास समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले नयाँ बन्ने प्रशासनिक भवन पूर्ण रूपमा भूकम्प प्रतिरोधक र आधुनिक सेवा सुविधाहरूले सम्पन्न हुने बताउनुभयो। भवन निर्माण सम्पन्न भएपछि नागरिकहरूले एउटै छानामुनिबाट सहज र छरितो रूपमा सेवा पाउने विश्वास उहाँले व्यक्त गर्नुभयो। बदलिँदो समय र प्रविधिको मागअनुसार यो भवनलाई नागरिकमैत्री बनाइने पालिकाले जनाएको छ।

गाउँपालिकाका वरिष्ठ इन्जिनियर सुनिल आचार्यका अनुसार उक्त सुविधासम्पन्न प्रशासनिक भवन कुल ६ करोड २७ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको हो। निर्माण कार्यलाई तीव्रता दिँदै आगामी १८ महिनाभित्र अर्थात् २०८४ साल असार ८ गतेसम्ममा सम्पूर्ण काम पूरा गर्ने लक्ष्य राखिएको छ। यो नयाँ भवनको निर्माणसँगै गाउँपालिकाको प्रशासनिक सुशासन र सेवा प्रवाहमा एउटा महत्वपूर्ण कोसेढुङ्गा सावित हुने अपेक्षा स्थानीय बासिन्दाहरूले गरेका छन्।

उक्त विशेष शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थी, पालिका प्रवक्ता एवं वडा नम्बर ५ का वडाअध्यक्ष मदनप्रसाद पोखरेल, वडा नम्बर ४ का वडाअध्यक्ष अखिलेश्वर पाण्डे, वडा नम्बर १ का वडाअध्यक्ष बेल बराल र वडा नम्बर २ का वडाअध्यक्ष शीतल जिटीको उपस्थिति रहेको था। यसैगरी कार्यक्रममा कार्यपालिका सदस्यहरू, विभिन्न वडाका सदस्यहरू, गाउँपालिकाका कर्मचारीहरू तथा स्थानीय सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार