मुख्य समाचार
कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न | सांसदको स्वीकय कर्मचारी नियुक्ति सम्बन्धमा संसद् सचिवालयको सहजीकरण |
मुख्य समाचार
कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न | सांसदको स्वीकय कर्मचारी नियुक्ति सम्बन्धमा संसद् सचिवालयको सहजीकरण |


रारामा चहल पहलबढे सँगै घोडा व्यवसायीहरु उत्साहित

Ujyalosandeshonline 11767+ समाचार ( )
२८ मंगशिर २०८१, शुक्रबार

दानबहादुर बुढा

मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल नेपालीभाषाको उद्गम स्थल जुम्ला जिल्लाको कनका सुन्दरी सिन्जा हुँदै नेपालको ठूलो र गहिरो रारा अथार्त महेन्द्र ताल सम्मको हवाई र सडकको दिन प्रतिदिन सुधार हुदै गएपछि आन्तरीक तथा बाहिर्य पर्यटकको चहलपहल बढ्न थालेको छ । 

बर्खा समय सकिए पछि खुल्ला मौसम खुलेसँगै रारा तालका सप्तरङ्गी राराको दृश्य हेर्ने ,घुम्ने,अध्यान अनुसन्धान गर्न सजिलो सिजन सुरु भएको हो ।रारामा रहेका घोडा ब्यवसाय सन्चालनगदै आएका स्थानियहरुले राम्रो आम्दानिको स्रोत पाएकाछन ।

बिगतका बर्षहरु भन्दा पछिल्ला बर्षहरुमा कर्णाली राजमार्गको सडक निमार्ण कार्यमा दैनिक सुधार हँुदै जानथाले पछि कर्णाली प्रदेश लगाएत देशका मुख्य सहर पोखरा, काठमाडौ, नेपालगञ्ज, विराटनगर, चितवन, लगायतका ठाउँबाट नेपाली भाषाको उद्गमथलो जुम्लाको कनका सुन्दरी हुदै रारा आउने पर्यटकहरू बढेको बढी रहेका भएपनि दशै तिहार सकीएपछि रारामा दैनिक, ४०,५० जनासम्म स्थानीय पर्यटक रारा घुम्न आउने गरेका छन् । 

रारा पुग्ने पर्यटकहरुको सहज र घोडा चडाएर रारा तालको बिभिन्न स्थान सम्म पुर्याउनको लागी पछिल्लो समयमा घोडा ब्यवसाय संघ गठन गरीएका छन । पालै पाले गरेर पर्यटकहरुलाई रारा घुमाउने गरेका छौं । दैनिक २,३ हजार आम्दा निहुने गरेको छ । बिदेश ,भारतका बिभिन्न गल्लीहरुमा काम गर्नु भन्दा पनि आफ्नै देश जिल्ला र राराको पर्यटनको प्रचार प्रचार गर्ने घर खर्च चलाउर्ने गरेको घोडा ब्यवसाय जिवन रावलले बताएका छन ।

रारा घुम्न आएका पर्यटकहरुलाई सल्यरीबाट रारा, ताल, हुटु, मुर्माटप, महादेव मन्दिर लगाएतका बिभिन्न स्थान सम्म घुमाउने गरेका छौं । घोडा ब्यवसाय समितिको निर्णय अनुसार पालै पालो गरेर जार्ने गरेका छौं । आज अलि चिसो समय सुरुहुन थाले पछि रारा घुम्न आउने पर्यटकहरुको संख्या घट्दै जान थालेको छ । तर हिजो आज मौंसम निकै सफा भएको हुनाले रारा तालको पुरै दृश्य देखीले भएको हुनाले रारा घुम्नआएका पर्यटकहरु निकै तालको किनारमा फोटो खिच्ने टिकटक बनाउनमा बढी ब्यस्त हुने ,घोडा चडेर फोटो लिने गर्दा दैनिक १ हजार देखी २ हजार सम्म आम्दानि हुने गरेको घोडा चालक रबिन्द्र कार्मिले बताएका छन ।

रारा घुम्न आउने पर्यटकहरुको सहजताको लागी बिभिन्न घोडा ब्यवसायहरु गठन भरेका छन । यीनिहरुलाई रारा आउर्ने पर्यटकहरुलाई एक ठाँउबाट अर्को ठाँउमा पुरयार्ने काम गरेका  छ । यी घोडा ब्यवसायहरुको दैनिक आम्दानि बढाउर्ने र पर्यटकहरुमा कसरी ब्यावहार गर्ने भन्र्ने हिसाबले कार्यालयले घोडा ब्यवसायहरुको थप सहज र स्थानिय घोडा चालकको आम्दानिको राम्रो स्रोत बनाउनको लागी निती ऐन कानुन निमार्ण गर्न लागेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले तयार गर्न लागेको कार्यालय प्रमुख महोश न्यौपानेले बताएका छन । 

पछिल्लो समय राराको पुरै दृश्य हेर्न को लागी मुर्माटप पनि आन्तरिक पर्यटकको रोजाइमा परेको छ । रारा आएका पर्यटक घोडा चढेर मुर्माटप पुग्य पछि त्यहाँबाट सैपाल हिमाल, छायानाथ, चंखेली हिमाल, चुचेमारा हिमाल अन्य धामिर्क तीर्थस्थल सहित बाजुरा , हुम्ला, जुम्ला, बाजुरा, अछाम, लगाइत ७ जिल्लाको अवलोकन सहित गरेर फर्किन्छन । पर्यटकको रोजाइमा मुर्माटप परेपछि पर्यटकको सुविधाका लागि रारा इको रिसोर्ट सन्चालनमा आएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार