मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

रामपुरमा सवारी दुर्घटना: २८ वर्षीय युवकको ज्यान गयो, अन्य घाइते

Ujyalosandeshonline 12321+ समाचार ( )
७ कार्तिक २०८२, शुक्रबार

पाल्पा । पाल्पाको रामपुर नगरपालिका–७ तुरुङदी खोलास्थित कालीगण्डकी करिडोर सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा बगनासकाली गाउँपालिका–९ बस्ने २८ वर्षीय अर्जुन विकको मृत्यु भएको छ ।लु१३प ८६३५ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फबाट आइरहेको लु७७प ४५०५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा लु१३प ८६३५ नम्बरको मोटरसाइकल पछाडि सवार विकको रामपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लु१३प ८६३५ नम्बरको मोटरसाइकलका चालक ५१ वर्षीय विष्णुप्रसाद विक, लु७७प ४५०५ नम्बरको मोटरसाइकलका चालक २९ वर्षीय विवेक भट्टराई र सोही मोटरसाइकलमा पछाडि सवार २८ वर्षीय दीपक पाण्डे घाइते भएका छन् । घाइतेहरूको रामपुर अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार